ललितपुर महानगरको नयाँ पाइला : वातावरण भ्यान सञ्चालनमा
सारांश
- ललितपुर महानगरपालिकाले वातावरण संरक्षण र सरसफाइका लागि वातावरण भ्यान सञ्चालनमा ल्याएको छ।
- भ्यानले प्रदूषण नियन्त्रण, वातावरणीय क्षति रोक्न अनुगमन गर्ने, र कारबाही गर्नेछ।
- यसले फोहोर फाल्ने, ध्वनि प्रदूषण गर्ने र अव्यवस्थित विज्ञापन गर्नेहरूलाई नियन्त्रण गर्नेछ।
ललितपुर । ललितपुर महानगरपालिकाले नगरको वातावरण संरक्षण र सरसफाइ व्यवस्थापनलाई थप चुस्त बनाउन बिहीबारदेखि वातावरण भ्यान सञ्चालनमा ल्याएको छ । महानगरका मेयर चिरीबाबु महर्जनले चैत्र १९ गते एक विशेष कार्यक्रमका बिच उक्त भ्यानको शुभारम्भ गरेका हुन् ।

महानगरभित्र बढ्दो प्रदूषण नियन्त्रण र वातावरणीय अनुशासन कायम गराउन यो भ्यानले सक्रिय भूमिका खेल्ने विश्वास लिइएको छ । यस नवनिर्मित संयन्त्रमार्फत महानगर क्षेत्रमा हुने वातावरणीय क्षति रोक्न अनुगमन र कारबाहीलाई तीव्र पारिनेछ ।
_3BpqPyjgUe.jpg)
विशेष गरी वातावरण प्रहरीले यो भ्यानको प्रयोग गरी नगरका विभिन्न ठाउँमा पुगेर खुला रूपमा आगो बाल्ने र प्लास्टिकजन्य वस्तु जलाउने कार्यलाई पूर्ण रूपमा निषेध गर्नेछन् । त्यस्तै, सडकमा अत्यधिक धुवाँ फाल्ने सवारी साधन र मापदण्ड विपरीत सञ्चालित उद्योगहरूको समेत यसै भ्यानमार्फत नियमित अनुगमन गरिने महानगरले जनाएको छ ।
_DvfFINT5ky.jpg)
वातावरण भ्यानको परिचालनले जथाभावी फोहोर फाल्ने, ध्वनि प्रदूषण गर्ने र सडक किनारका रुखबिरुवामा क्षति पुर्याउनेहरूमाथि तत्काल कारबाही गर्न सहज हुनेछ । सहरको कुरुपतालाई बढावा दिने अव्यवस्थित विज्ञापन तथा पोस्टर टाँस्ने कार्यलाई पनि अब कडाइका साथ नियन्त्रण गरिनेछ ।
_wJefU6BLW5.jpg)
नगर प्रहरी प्रमुख सिताराम हाछेथुले यो अभियानले स्वच्छ, हरित र व्यवस्थित ललितपुर निर्माणको लक्ष्यलाई मूर्तरूप दिन ठूलो सहयोग पुग्ने बताएका छन् ।महानगरले वातावरण प्रहरीलाई विशेष अधिकार र स्रोतसाधनसहित सडकमा उतारेसँगै अब ललितपुरभित्र वातावरणीय मापदण्ड उल्लंघन गर्नेहरू कारबाहीको घेरामा पर्नेछन् ।
_OfXGMJfUOO.jpg)
नगरबासीको स्वास्थ्य र सफा सहरको अधिकारलाई सुरक्षित गर्न यो पहल कोसेढुङ्गा सावित हुने महानगरको दाबी छ । स्थानीय प्रशासनले यस कार्यमा सम्पूर्ण नगरबासीलाई साथ दिन र आफ्नो वरपरको वातावरण स्वच्छ राख्न समेत अपिल गरेको छ ।
_gdl49gdbyn.jpg)
_92PbsGMPrT.jpg)
_juLTokjMPy.jpg)
_WslGPV2Neq.jpg)
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
-
पोखरा लेकसाइड नजिकै दुर्घटना, एक युवकको मृत्यु
-
राहदानी छपाइमा १० अर्ब १३ करोडको भ्रष्टाचारः कसलाई कति बिगो मागदाबी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण