नयाँ संसदमा कांग्रेस सांसद भीष्मराज आङ्देम्बेले गरे पुराना कुरा, अनि सोधे प्रश्न
सारांश
- प्रतिनिधिसभाको पहिलो बैठकमा नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले विगत ३५ वर्षमा देशमा केही पनि भएन भन्ने भाष्य गलत रहेको भन्दै पुराना उपलब्धिको फेहरिस्त प्रस्तुत गरे।
- उनले संसद् भवन र सिंहदरबार जलाइएको घटनाको अनुसन्धानमाथि प्रश्न उठाउँदै जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराए।
- सांसद आङ्देम्बेले रचनात्मक काममा कांग्रेसको साथ रहने प्रतिबद्धता जनाउँदै संविधान र नागरिकको अपेक्षाविपरीत काम भए प्रतिपक्षीको हैसियतमा खरो उत्रिने चेतावनी दिए।
काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकमा नेपाली कांग्रेसका तर्फबाट बोल्दै सांसद भीष्मराज आङ्देम्बेले बोलेका छन् । सो क्रममा उनले विगत ३५ वर्षमा देशमा 'केही पनि भएन' भन्ने भाष्य गलत रहेको भन्दै पुराना उपलब्धिको फेहरिस्त प्रस्तुत गरे।
बिहीबारको बैठकमा उनले भदौ २३ र २४ गते संसद भवन र सिंहदरबार जलाइएको घटनाको अनुसन्धानमाथि पनि सरकारलाई गम्भीर प्रश्न सोधे। नयाँ यात्रा प्रारम्भ भएको भन्दै सम्बोधन सुरु गरेका सांसद आङ्देम्बेले समाजमा केवल निराशा मात्र बाँड्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाए।
उनले १० वर्षे द्वन्द्व, राजाको निरंकुशता, भूकम्प र कोरोना महामारी जस्ता अनेकौं संकटका बाबजुद देशले थुप्रै प्रगति गरेको दाबी गरे। 'गाउँमा पुगेको बाटो, बिजुली, खानेपानी, स्वास्थ्य चौकी, बैंक तथा वित्तीय संस्थाको विस्तार र हातहातमा पुगेको सञ्चार सुविधा केही पनि नभएको उदाहरण हो कि सुरुवात भएको नमुना हो?' भन्दै उनले संसद्मा प्रश्न गरे। उनले शासकीय कमजोरीका कारण सोचेजस्तो नभए पनि केही पनि भएन भन्ने भाष्य सत्य नरहेको जिकिर गरे।
'जेन-जी' विद्रोहका क्रममा खरानी भएको संसद् भवन र सिंहदरबारको प्रसंग उठाउँदै उनले घटनाको अनुसन्धानप्रति गम्भीर आशंका व्यक्त गरे। जाँचबुझ आयोगले भदौ २३ गतेको घटनाको मात्र अनुसन्धान गरेको र २४ गतेको घटनालाई बेवास्ता गरेको भन्दै उनले आपत्ति जनाए।
'कसैले २३ गतेको घटना देख्ने २४ को नदेख्ने, कसैले २४ को देख्ने २३ को नदेख्ने ? यो कस्तो तरिका हो ?' आङ्देम्बेले प्रश्न गरे। नियतवश नै यस्तो गरिएको आरोप लगाउँदै उनले जाँचबुझ आयोगको प्रतिवेदन सरकारले सार्वजनिक गर्ने हो कि गोर्खापत्र पढेर थाहा पाउने हो भन्दै नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको ध्यानाकर्षण गराए।
दोषी नउम्किउन् र निर्दोष नफसुन् भन्नेमा कांग्रेस दृढ रहेको उनले स्पष्ट पारे। निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेर आएको राष्ट्रिय स्वतन्त्र पार्टी र नयाँ प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिँदै उनले रचनात्मक काममा कांग्रेसको साथ रहने बताए।
यद्यपि, संविधान र नागरिकको अपेक्षाविपरीत काम भए प्रतिपक्षीको हैसियतमा खरो उत्रिने चेतावनी समेत दिए। आङ्देम्बेले नेपाली कांग्रेस अब गगन थापाको नेतृत्वमा बदलिएको समय र समाजअनुरूप रुपान्तरणको चरणमा प्रवेश गरेको जानकारी गराए।
उनले संसद्मा रहेका सबै भिन्न-भिन्न विचार बोकेका दलहरू एउटै नौकामा रहेको भन्दै देश निर्माणमा एकताबद्ध हुन आह्वान गरे। सम्बोधनका क्रममा उनले २००७ सालदेखि पछिल्लो 'जेन-जी' विद्रोहसम्मका सहिदहरूलाई स्मरण गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण