एमालेको सचिवालय बैठक आज, छलफलका एजेन्डामा बादलको अभिव्यक्ति !
शुक्रबार, २० चैत २०८२, ०६ : ४०
सारांश
- नेकपा एमालेले प्रतिनिधिसभामा रामबहादुर थापा बादलले दिएको अभिव्यक्तिको विषयमा छलफल गर्न आकस्मिक सचिवालय बैठक बोलाएको छ।
- उपाध्यक्ष विष्णु पौडेलले बादलको अभिव्यक्तिप्रति आपत्ति जनाएपछि पार्टीको आधिकारिक धारणा तय गर्न शुक्रबार दिउँसो १ बजे बैठक बस्दैछ।
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा कार्यवाहक अध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा (बादल)को अभिव्यक्तिपछि एमालेले आकस्मिक सचिवालय बैठक बोलाएको हो ।
उपाध्यक्ष थापाको अभिव्यक्तिप्रति अर्का उपाध्यक्ष विष्णु पौडेलले आपत्ति जनाउँदै पौडेलले सचिवालय बैठकमा छलफल हुने बताएका थिए । सचिवालय बैठक शुक्रबार दिउँसो १ बजे पार्टी कार्यालयमा बस्ने गरी बोलाइएको उपाध्यक्ष गोकर्ण विष्टले जानकारी दिए ।
एमाले नेताहरूका अनुसार बादलले दिएको अभिव्यक्तिबारे पार्टीमा कुनै छलफल नै भएको थिएन । आजको बैठकले उनको अभिव्यक्ति र विकसित घटनाक्रमबारे छलफल गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाजरकोटको भेरी नगरपालिकाको निर्णय पुस्तिका हराएको भन्दै खोजीदिन सीडीओसँग गुहार
-
मानव अधिकार रक्षकको सुरक्षाका लागि विशेष कानुन बनाउन माग
-
बैंकिङ कसूर मुद्दामा १३ वर्षदेखि फरार सविता कार्की पक्राउ
-
निको कप महिला टि–ट्वान्टी राष्ट्रिय क्रिकेटमा लुम्बिनीको पहिलो जित
-
बैंकिङ क्षेत्रलाई राष्ट्र बैंकको 'ब्याक-टू-ब्याक' निर्देशन: अविश्वास कि माइक्रो म्यानेजमेन्ट ?
-
इरान युद्धमा मध्यस्थ भूमिका खेलेको पाकिस्तानले पाउला त आर्थिक लाभ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण