लण्डनमा नेपाली कला र संस्कृतिको उत्सव: ‘लिडिङ थ्रु स्टोरिज’ मार्फत नेपालको पहिचान प्रवर्द्धन
सारांश
- लन्डनमा आयोजित 'लिडिङ थ्रु स्टोरिज' कार्यक्रममार्फत नेपाली कला, संस्कृति र संघर्षका कथाहरूलाई विश्वमञ्चमा प्रस्तुत गरिएको छ।
- सञ्जोग बस्याल निर्देशित वृत्तचित्र र आगामी पुस्तकको आवरण अनावरणका साथै नेपाली मौलिक नृत्यहरूले कार्यक्रममा विशेष रौनक थपेका छन्।
लन्डन। लन्डनमा नेपाली कला, संस्कृति र संघर्षको कथा समेटिएको एक विशेष कार्यक्रम ‘लिडिङ थ्रु स्टोरिज: कल्चर, रेजिलेन्स एण्ड भ्वाइसेस अफ चेन्ज इन नेपाल’ भव्य रूपमा सम्पन्न भयो। युनिभर्सल पीस फेडरेशन (यूपीएफ) को मुख्यालयमा आयोजित उक्त समारोहमा विभिन्न क्षेत्रका कलाकार, चलचित्रकर्मी र सांस्कृतिक अभियन्ताहरूको उपस्थिति थियो। कवि तथा उद्घोषक ह्यान्ना स्ट्यानिसलासले यूपीएफका शान्ति र सद्भावका मूल्यमान्यता झल्काउने कविता वाचन गर्दै कार्यक्रमको उद्घाटन गरेकी थिइन्।
समारोहमा यूपीएफ बेलायतका महासचिव रोबिन मार्सले शान्ति केवल द्वन्द्वको अभाव मात्र नभई विभिन्न संस्कृतिबीचको सहकार्य र समझदारी रहेको उल्लेख गर्दै संस्थाको उद्देश्यमाथि प्रकाश पारेका थिए। सोही अवसरमा यूपीएफ बेलायतकी निर्देशक इभा च्यान र ईयूएमई संयोजक इभा पेजकोफ्स्कीले अन्तर्राष्ट्रिय स्तरमा सांस्कृतिक आदानप्रदानको महत्त्वबारे चर्चा गर्दै आईएएसीपीको पहललाई शुभकामना व्यक्त गरे। आईएएसीपी यूपीएफ बेलायतकी अध्यक्ष संगीता स्वेच्छाले नेपालको समृद्ध सांस्कृतिक पहिचान र नेपाली समाजको संघर्षशील चरित्रका बारेमा मन्तव्य राख्दै संस्कृतिलाई संवाद र सिर्जनामार्फत जीवन्त राख्नुपर्नेमा जोड दिइन्।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा सञ्जोग बस्यालद्वारा निर्देशित वृत्तचित्र ‘कृष्ण: अ स्टोरी अफ सेल्फ डिपेन्डेन्स’ प्रदर्शन गरिएको थियो। अपाङ्गता भएका एक युवकको आत्मविश्वास र स्वावलम्बनको कथा समेटिएको उक्त फिल्मले दर्शकलाई भावुक बनाउनुका साथै जीवनप्रति सकारात्मक सोच राख्न प्रेरित गरेको थियो। वृत्तचित्र प्रदर्शनपछि निर्देशक बस्यालले पठाएको शन्देशलाई संगीता स्वेच्छाले वाचन गरेर सुनाएकी थिइन् । शारीरिक चुनौतीका बाबजुद पनि आत्मसम्मानका साथ बाँच्न सकिन्छ भन्ने सन्देश दिनु नै फिल्मको मुख्य उद्देश्य रहेको बस्यालको शन्देशमा उल्लेख थियो । उक्त वृतचित्रलाई सन् 2015 मा तयार गरिएको थियो बज्ने सन् 2018 मा रिलिज भएको थियो ।

कार्यक्रममा निल्स ज्याकोब लुन्ड र संगीता स्वेच्छाले संयुक्त रूपमा तयार पारेको आगामी पुस्तक ‘अ पर्पस इन लाइफ’ को आवरण समेत अनावरण गरिएको थियो। उक्त पुस्तकमा नेपालका ऐतिहासिक तस्विरहरु समावेस हुनेछन् ,जसलाई निल्स ज्याकोबले दशकौंअघि कैद गरेका थिए ।

कार्यक्रमलाई थप आकर्षक र मनोरंजन दिलाउने क्रममा निहारिका राई, सुहाना शर्मा र इभाना न्यौपानेले नेपाली मौलिक नृत्यहरू प्रस्तुत गरेर हलमा नेपालीपनको रौनकता थपेका थिए। प्रतिभा नक्षत्रका प्रतिनिधिले नेपाली प्रतिभाको खोजी र सांस्कृतिक सम्पदाको संरक्षणमा भइरहेका प्रयासबारे जानकारी दिए। साथै, पहिलो महिला नेवारी संगीतकर्मी इन्दिरा लाछिमस्युको जीवनमा आधारित चलचित्र ‘इन्दिरा: धिमे माइचा’ को झलक समेत प्रस्तुत गरिएको थियो, जसले पितृसत्तात्मक सोचलाई चुनौती दिँदै धिमे बाजालाई अन्तर्राष्ट्रियकरण गरेको सङ्घर्षलाई दर्शाएको छ।

कार्यक्रमको अन्त्यमा यूपीएफ बोर्ड अफ ट्रस्टीका अध्यक्ष किथ बेस्टले सांस्कृतिक एकता र पहिचान संरक्षणमा सञ्चारमाध्यमको भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै नेपाली संस्कृतिलाई विश्वभर फैलाउन यस्ता कार्यक्रमले सेतुको काम गर्ने विश्वास व्यक्त गरे।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण