ऊर्जा लागत घटाउन मलेसियामा सरकारी कर्मचारीलाई ‘वर्क फ्रम होम’ निर्देशन
सारांश
- मलेसिया सरकारले ऊर्जा खर्च घटाउन सरकारी कर्मचारीहरूका लागि वर्क फ्रम होम नीति लागू गर्ने भएको छ।
- यो व्यवस्था आगामी अप्रिल १५ देखि सरकारी मन्त्रालय र निकायहरूमा लागू हुनेछ।
क्वालालम्पुर । मलेशियाको सरकारले ऊर्जाको खर्च घटाउने उद्देश्यले सरकारी कर्मचारीहरूलाई घरबाट काम (वर्क फ्रम होम) गर्ने नयाँ नीति लागू गर्ने भएको छ । प्रधानमन्त्री अनवर इब्राहिमले आगामी अप्रिल १५ देखि सरकारका मन्त्रालय, निकाय तथा सरकारसम्बद्ध कम्पनीहरूमा कार्यरत कर्मचारीका लागि यो व्यवस्था लागू हुने जानकारी दिएका छन् ।
‘यसको मुख्य उद्देश्य इन्धन खपत घटाउनु र ऊर्जा आपूर्तिको दिगोपना सुनिश्चित गर्नु हो,’ प्रधानमन्त्री अनवरले गए राति जारी गरेको वक्तव्यमा उल्लेख छ । उनका अनुसार, नीतिसम्बन्धी थप विवरण आगामी हप्ताहरूमा सार्वजनिक गरिनेछ । साथै, सरकारी स्वामित्वको तेल कम्पनी पेट्रोनास लगायत अन्य निकायहरूले इन्धन र विद्युत् आपूर्ति सुरक्षित गर्न सक्रिय रूपमा काम गरिरहेका छन् ।
मलेसियाले इन्धनको मूल्य स्थिर राख्न हाल मासिक करिब १ अर्ब डलर बराबरको अनुदान खर्च गर्दै आएको छ । नयाँ नीतिले ऊर्जा खपत घटाउन र आर्थिक भार कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धितोपत्र बोर्ड नीति तथा कार्यक्रम : फिन्फ्लुएन्सरमाथि निगरानी, कारोबार शुल्क घटाउने घोषणा
-
कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋणमा ब्याज अनुदान दिन प्रस्ताव
-
मनसुनमा सडक सुचारु राख्न विशेष कार्ययोजनाः देशैभर हेभी उपकरण तैनाथ
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण