आर्थिक गणना सफल बनाउन आग्रह
जनकपुरधाम । जिल्ला आर्थिक गणना कार्यालयले आगामी वैशाख २ गतेदेखि हुने राष्ट्रिय आर्थिक गणनालाई सफल बनाउन जिल्लाका उद्योगी–व्यवसायीलाई आग्रह गरेको छ ।
उक्त कार्यालयले बिहीबार यहाँ छलफल कार्यक्रम गरेर आर्थिक गणना प्रदेशको आर्थिक विकासका निम्ति राष्ट्रिय नीति तर्जुमा गर्न महत्वपूर्ण हुने भएकाले सही तथ्याङ्क उपलब्ध गराउन व्यवसायीलाई आग्रह गरेको हो ।
त्यस अवसरमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले देशको आर्थिक उन्नयनका निम्ति राज्यबाट गरिने हरेक क्रियाकलापमा निजी क्षेत्रको सहयोग अपरिहार्य भएकाले सबैलाई हालेमालो गरेर अघि बढ्न आह्वान गरे ।
जनकपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारीले तथ्यमा आधारित व्यावसायिक सूचना उपलब्ध गराउनुपर्नेमा जोड दिए । औषधि व्यवसायी सङ्घका अध्यक्ष प्रमोद अग्रवालले उद्योग तथा व्यवसायका समस्या समाधानमा सरकार गम्भीर हुनुपर्ने बताए ।
जिल्ला आर्थिक गणना कार्यालयका प्रमुख शिवनारायण महतोका १८ क्षेत्रलाई समेटेर असार ७ गतेसम्म गणना गरिनेछ । अघिल्लो आर्थिक गणनामा मधेस प्रदेशमा एक लाख १७ हजार ६७० प्रतिष्ठान कायम थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
जलवायु संकटको चक्रव्यूहमा नेपाल, इतिहासकै गम्भीर संकट
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण