पत्रकार महिलाको निःशुल्क क्यान्सर परीक्षण
झापा । नारी सञ्चार गृह र पूर्वाञ्चल क्यान्सर अस्पतालको सहकार्यमा झापाका पत्रकार महिलाको पाठेघरको मुखको निःशुल्क परीक्षण गरिएको छ ।
समयमै क्यान्सर पहिचान गर्न पत्रकार महिलाका लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा एक सातासम्म निःशुल्क परीक्षण र मेमोग्राफीमा विशेष सहुलियत प्रदान गरिएको अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले बताए ।
बुधबार र बिहीबार ३० जना पत्रकार महिलाले निःशुल्क सेवा लिएका छन् । उनले स्तन क्यान्सरको जाँचमा ५० प्रतिशत छुट उपलब्ध गराइने जानकारी दिए । पूर्वाञ्चल क्यान्सर अस्पतालकी निर्देशक डा.अन्जली प्रसाईँले झापाका पत्रकार महिलाहरुको स्वास्थ्योपचारमा थप सहकार्य गर्न अस्पताल इच्छुक रहेको बताइन् ।
नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारीले स्वास्थ्यमा सतर्कता र समयमै रोगको पहिचान गर्नसके क्यान्सर रोग पनि निको हुने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाजवादी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा अशोक सुवेदी चयन
-
रोनाल्डो बने लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी, पोर्चुगलद्वारा उज्बेकिस्तान स्तब्ध
-
शङ्खरापुरमा एक अर्ब ५१ करोडको बजेट पारित
-
चीनको सुपर कम्प्युटरले अमेरिकालाई पछि पार्दै बन्यो विश्वकै शक्तिशाली
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास, होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
फेवातालमा बेपत्ता युवकको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण