पाकिस्तानमा भएको विस्फोटमा ५ जनाको मृत्यु : प्रहरी
सारांश
- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा भएको आत्मघाती बम विस्फोटमा परी ५ जनाको मृत्यु भएको छ ।
- विस्फोटमा परी तीन महिला र दुई बालबालिकाको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएका छन् ।
- प्रहरी चौकीलाई लक्षित गरी गरिएको सो आक्रमणको अहिलेसम्म कुनै पनि समूहले जिम्मेवारी लिएको छैन ।
इस्लामवाद । उत्तर पश्चिमी पाकिस्तानमा विस्फोटक पदार्थले भरिएको गाडीमा आत्मघाती बम विस्फोट हुँदा तीन जना महिला र दुई बालबालिकाको ज्यान गएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
प्रहरी चौकीलाई निशाना बनाएर भएको आक्रमण पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको बन्नु जिल्लामा भएको स्थानीय प्रहरी अधिकारी मुहम्मद सज्जाद खानलाई उदृत गर्दै शुक्रबार एएफपीले जनाएको छ ।
प्रहरीका अनुसार आक्रमणमा अन्य चार जना घाइते भएका छन् भने अहिले सम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।
सन् २०२१ मा काबुलमा तालिबान सत्तामा फर्किए पछि पाकिस्तानमा आक्रमणको दर बढेको छ भने आतङ्कवादी समूह तेहरीक–ए–तालिबान पाकिस्तान (टिटिपी) ले नियमित रूपमा यस क्षेत्रका सुरक्षा फौजलाई लक्षित गर्दै आएको छ ।
इस्लामाबादले छिमेकी अफगानिस्तानलाई आफ्नो भूमिमा शरण लिइरहेका आतङ्ककारीहरूलाई नियन्त्रणमा नलिएको आरोप लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
-
तुलसी अधिकारीको थुनछेक बहस सुरु
-
कोरम नपुगेपछि सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण