गोरखा सेभिङ्गका अध्यक्षसहित ४ जना पक्राउ
शुक्रबार, २० चैत २०८२, १४ : ४६
सारांश
- ललितपुरमा सञ्चालित गोरखा सेभिङ्ग एण्ड क्रेडिटका अध्यक्ष इमानसिंह राईसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
- पक्राउ परेका व्यक्तिहरूमा संस्थाका सीइओद्वय लालबहादुर क्षेत्री, अबिनकुमार राई र लेखा समिति सदस्य कर्णबहादुर राई रहेका छन्।
- आरोपीहरूले १० हजार ५९८ बचतकर्ताको ४ अर्ब ५ करोडभन्दा बढी रकम अपचलन गरेको आरोप लगाइएको छ।
काठमाडौँ । ललितपुरमा सञ्चालित गोरखा सेभिङ्ग एण्ड क्रेडिटका अध्यक्ष सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । ताल्छिखेलमा सञ्चालित गोरखा सेभिङ्ग एण्ड क्रेडिटका अध्यक्ष इमानसिंह राईसहित ४ जनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर भट्टले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा गोरखा सेभिङ्ग एण्ड क्रेडिटका सीइओद्ववय लालबहादुर क्षेत्री र अबिनकुमार राई तथा लेखा समिति सदस्य कर्णबहादुर राई छन् ।
उनीहरूलाई चैत १८ मा उपत्यकाको विभिन्न ठाउँबाट पक्राउ गरेर थप अनुसन्धानको लागी जिल्ला प्रहरी परिसर ललितपुरमा पठाइएको एसपी भट्टले बताए । ललितपुर प्रहरीले आरोपीहरूविरुद्ध चार दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
आरोपीहरूले बचतकर्ताको ४ अर्ब ५ करोड ६० लाख ६८ हजार रुपैयाँ अपचलन गरेको आरोप छ । सो सहकारीमा १० हजार ५९८ जना बचतकर्ता छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुनशानको पिरामिड आकारको अनौठो अपार्टमेन्ट भवन
-
देवनगरमा ५० हेक्टरको 'टाइगर सेन्चुरी' बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी
-
विश्वकपमा यमालको जादु
-
सुदूरपश्चिमको कानुन मन्त्रालयको बजेटमा खेलमैदान र विद्यालय भवन
-
‘क्रिस्टियानो रोनाल्डोलाई नै बल पास गर्नुपर्ने कुनै दबाब छैन’
-
राष्ट्रिय मानव अधिकार आयोगमा गृहमन्त्रीविरूद्ध उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण