पर्यटकको खानामा विषाक्त वस्तु मिसाएर बिरामी बनाउँदै फेक रेस्क्यु गरेको दाबीमा बोल्यो सीआईबी
शुक्रबार, २० चैत २०८२, १७ : ०३
सारांश
- सगरमाथा क्षेत्रमा पर्यटकको खानामा विषाक्त पदार्थ मिसाएर नक्कली उद्धार गरिएको भन्ने दाबीप्रति सीआईबीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
- हालसम्मको अनुसन्धानबाट त्यस्तो कुनै विषाक्त वस्तु मिसावट गरेको तथ्य फेला नपरेको ब्युरोले स्पष्ट पारेको छ।
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सगरमाथा क्षेत्रमा पर्यटकको खानामा विषाक्त पदार्थ मिसाएर 'फेक रेस्क्यु' (नक्कली उद्धार) गरिएको भन्ने समाचारहरूप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। ब्युरोले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका यस्ता दाबीहरूमा कुनै सत्यता नदेखिएको स्पष्ट पारेको हो।
विज्ञप्तिमा भनिएको छ, 'हालसम्मको अनुसन्धानको क्रममा विषाक्त चिजवस्तु मिसावट गरिएको भन्ने तथ्य नदेखिएको र सोही अप्रमाणित विषयवस्तु उद्धृत गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार माध्यम र फेसबुक पेजहरूमा समेत भ्रामक र तथ्यहीन समाचार प्रकाशन भएकोमा ब्युरोको गम्भीर ध्यानाकर्षण भएको छ।'
ब्युरोले विगतमा भएका 'फेक रेस्क्यु'बारे अनुसन्धान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण