बर्खा र गर्मीयाममा देखिने सर्पहरू: डर होइन, पहिचान गरौँ (तस्बिरहरू)
सारांश
- नेपालमा हालसम्म ८९ प्रजातिका सर्पहरू अभिलेख भएका छन्, जसमध्ये १८ प्रजाति मात्र मानिसको ज्यान लिन सक्ने विषालु हुन्छन्।
- सर्पहरू मुसा, भ्यागुत्ता र चराहरूको सङ्ख्या नियन्त्रण गरी पर्यावरण सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्छन्।
- मानिसको सर्पप्रतिको डर र अनावश्यक हत्याले सर्प संरक्षणमा चुनौती थपिएको छ।
काठमाडौँ । सानैदेखि हामीलाई सर्प देख्ने बित्तिकै ४ कोश टाढा भाग्न सिकाइएको कारणले होला, सर्प भन्नेबित्तिकै धेरै मानिसको मनमा एक किसिमको डर बस्ने गर्छ। सर्पसँगको हाम्रो डर जन्मजात नभएर पछि मात्र विकसित भएको कुरा हो। संसारभर बर्सेनि हजारौँ मानिसको ज्यान सर्पको टोकाइबाट जाने गर्छ। अझै धेरै मानिसहरूलाई त सबै सर्प विषालु हुन्छन् र टोक्नेबित्तिकै मरिन्छ भन्ने लागेको पाइन्छ।
तर, संसारभर पत्ता लागेका ३४०० भन्दा बढी सर्पमध्ये करिब ७०० मात्र विषालु हुन्छन् र तीमध्ये पनि करिब २०० वटा सर्पमा मात्र मान्छेको ज्यान लिन सक्ने विष हुन्छ। नेपालमा भने अहिलेसम्म ८९ प्रजातिका सर्प अभिलेख भएका छन् भने तीमध्ये १८ वटा सर्प मात्र मान्छेको ज्यान लिनसक्ने विष भएका हुन्छन्। नेपालमा पाइने विषालु सर्पहरूमध्ये किंग कोब्रा (राज गोमन) र ब्यान्डेड करेत (लक्ष्मी नाग) त संसारकै सबैभन्दा खतरनाक विष भएका सर्पमध्ये पर्छन्।
_6hJhi8tFUn.jpg)
तर यी दुवै सर्प निकै लजालु स्वभावका हुन्छन् र अरू सर्पहरू खाएर आफ्नो पेट पाल्ने गर्छन्। त्यही कारणले उनीहरू आफ्नो विष अनावश्यक रूपमा खेर फाल्न चाहँदैनन् र यी दुवै सर्पले टोकेर मान्छेको मृत्यु भएका घटना निकै कम भेटिन्छन्। अझै केही प्रजातिका सर्पहरूले त विष खेर फाल्न नचाहेर सुक्खा टोकाइ पनि गर्ने गर्छन्।
_690vb4xwdx.jpg)
हाम्रो पर्यावरणमा मुसा, भ्यागुत्ता, छेपारो, चरा आदिको सङ्ख्या स्थिर राख्न सर्पहरूको निकै ठूलो भूमिका छ। नेपालमा सामान्यतया पाइने विषालु सर्पहरू गोमन, करेत, हरेउ, बाघे सर्प आदि हुन्। खेतीयोग्य जमिनको अभाव, पानीको मुहानहरूमा फोहोर, सवारीसाधनहरूसँगको ठक्कर, मान्छेले देख्यो कि मार्ने प्रवृत्तिजस्ता घटनाहरूले सर्प संरक्षणमा समस्या आइरहेको छ।
_c6XMqMuEM5.jpg)
यदि सर्प संरक्षणमा समयमै ध्यान नदिने हो भने भविष्यमा हाम्रा खेतहरू मुसाहरूले भरिनेछन् र खोलानाला भ्यागुताले, जसले हाम्रो खेती किसानी र पर्यावरणमा ठूलो नकारात्मक असर पार्नेछ। तस्बिर : दृष्टान्त बिडारी/नेपाल फोटो लाइब्रेरी
_Mm5MS0dK69.jpg)
_kpD60XCbBi.jpg)
_sdJTizFK7V.jpg)
_LEGFo2rkYj.jpg)
_lApucuU8cT.jpg)
_viFlaMiies.jpg)
_SWAj3IkSB5.jpg)
_SZpi6D31iK.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण