फोटोफिचर
फेवाताल किनारका अस्थायी संरचनामा डोजर चलाइएपछि स्थानीयको विरोध (तस्बिरहरू)
शनिबार, २१ चैत २०८२, ११ : १४
सारांश
- पोखरा महानगरपालिकाले फेवाताल किनारका अतिक्रमण गरिएका अस्थायी संरचनाहरू भत्काउन डोजर चलाएको छ।
- वैकल्पिक व्यवस्था नगरी संरचना भत्काइएको भन्दै स्थानीयवासीले सडक अवरुद्ध गरेर विरोध प्रदर्शन गरेका छन्।
पोखरा । पोखरा महानगरपालिकाले फेवाताल छेउछाउमा बनाइएका टहरामा डोजर चलाएपछि स्थानीयवासीले विरोध जनाएका छन् । शनिबार बिहानै महानगरपालिकाले अतिक्रमण हटाउने अभियानअन्तर्गत टहरा भत्काउन सुरु गरेपछि प्रभावित स्थानीयले सडक अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

डोजर चलाइएपछि व्यवसाय र जीविकोपार्जनमा असर परेको भन्दै स्थानीय आक्रोशित बनेका छन् । विरोधका कारण सडक आवागमनसमेत प्रभावित भएको छ ।
फेवाताल संरक्षण तथा अतिक्रमण नियन्त्रणका लागि महानगरले अभियान चलाएको बताउँदै आएको छ भने स्थानीयले भने वैकल्पिक व्यवस्था बिना संरचना भत्काइएको भन्दै असन्तुष्टि जनाएका छन्।
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
-
विश्वकपमा केप भर्डेको सनसनी, इतिहास रच्ने संघारमा
-
इजरायली प्रधानमन्त्रीका दाजु ५० वर्षअघि कुन मिसनमा मारिएका थिए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण