पीडितलाई प्रश्न गर्न हामीलाई लाज लाग्नुपर्ने हो : प्रियंका कार्की
सारांश
- अभिनेत्री प्रियंका कार्कीले सागर लम्सालमाथि लागेको बलात्कारको आरोपबारे पीडितको पक्षमा आफ्नो धारणा सार्वजनिक गरेकी छन्।
- उनले पीडितलाई प्रश्न गर्ने समाजको प्रवृत्तिप्रति कडा आपत्ति जनाउँदै न्यायको माग गरेकी छन्।
- प्रियंकाले राज्यलाई कुनै पनि प्रभावमा नपरी घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न आग्रह गरेकी छन्।
काठमाडौँ । हास्य कलाकार सागर लम्साल (बले) माथि लागेको बलात्कारको गम्भीर आरोपले कला क्षेत्र तातिरहेका बेला लोकप्रिय अभिनेत्री प्रियंका कार्कीले पीडितको पक्षमा उभिएर आफ्नो धारणा सार्वजनिक गरेकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पीडित युवतीको पीडालाई बुझ्नुको सट्टा उल्टै प्रश्न उठाउने समाजको प्रवृत्तिमाथि कडा प्रहार गरेकी हुन्।
प्रियंकाले पीडितलाई न्याय दिनुको साटो लाञ्छना लगाउने र मनोबल गिराउने काम भइरहेकोमा गम्भीर चिन्ता व्यक्त गरेकी छन्। अहिले सामाजिक सञ्जालमा ‘यति समय किन लागेको?’ वा ‘एक वर्षसम्म किन चुप बसेको?’ भन्दै पीडितमाथि नै प्रश्न गर्नेहरूको भिड लागेको छ। यस्ता प्रश्नको जवाफ दिँदै प्रियंकाले यस्तो संवेदनशील कुरा सबैमाझ ल्याउन कति हिम्मत, आँट र सङ्घर्ष चाहिन्छ भन्ने कुरा धेरैले नबुझेको उल्लेख गरेकी छन्।
डर, पीडा र मानसिक सङ्घर्षको पहाड छिचोलेर न्याय माग्न आएकी युवतीलाई उल्टै दोष दिनु लज्जास्पद भएको उनको तर्क छ। पीडितले आफ्नो आवाज बुलन्द पारिसकेकाले अबको बाटो न्यायको हुनुपर्नेमा उनले जोड दिएकी छन्।
प्रियंकाले यो घटनामा अब राज्य र सम्बन्धित निकायले कुनै पनि प्रभावमा नपरी निष्पक्ष र गहिरो छानबिन गर्नुपर्ने माग राखेकी छन्। सत्य कुरा बाहिर आउनुपर्ने र दोषी जोसुकै भए पनि कानुनअनुसार कडाभन्दा कडा कारबाही हुनुपर्ने उनको अडान छ।
पीडितको आवाजलाई दबाउने प्रयास कतैबाट हुनु नहुने र दोषीले कुनै पनि बहानामा उम्कन नपाउने वातावरण बन्नुपर्ने भन्दै उनले न्यायको पक्षमा उभिन सबैलाई आह्वान गरेकी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण