वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी
सारांश
- वैदेशिक रोजगारीको प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
- पक्राउ परेका व्यक्तिहरूले विभिन्न देश पठाइदिन्छु भन्दै पीडितहरूबाट लाखौँ रुपैयाँ असुली सम्पर्कविहीन भएका थिए ।
- उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।
काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा रुपन्देही बुटवल उपमहानगरपालिका–२ बस्ने सल्यान कालीमाटी गाउँपालिका- ७ घर भएका ५२ वर्षीय कर्णबहादुर राउत, काठमाडौँ नागार्जुन नगरपालिका–९ बस्ने तनहुँ भानु नगरपालिका–१२ घर भएका ४२ वर्षीय आनन्द थापा, नवलपरासी पूर्व कावासोती नगरपालिका–३ घर भएकी ३९ वर्षीया राधिका पाठक पौडेल र काठमाडौँ महानगरपालिका–३१ बस्ने मोरङ सुन्दहरैँचा नगरपालिका–३ घर भएका ४७ वर्षीय तिलक परियार रहेका छन् ।
पक्राउमध्ये कर्ण बहादुरले फिनल्यान्ड पठाइदिन्छु भन्दै ११ जना पीडितहरूबाट ५७ लाख रुपैयाँ, आनन्दले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रुपैयाँ, राधिकाले फिनल्यान्ड पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ४ लाख २० हजार रुपैयाँ र तिलकले सर्बिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ८ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कर्ण बहादुरलाई काठमाडौँ महानगरपालिका–११ बाट, आनन्दलाई काठमाडौँ महानगरपालिका–२६ बाट, राधिकालाई काठमाडौँ महानगरपालिका–१२ बाट र तिलकलाई काठमाडौँ महानगरपालिका२९ बाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण