युएईमा घाइते भएकामध्ये ६ जना अस्पतालबाट ‘डिस्चार्ज’
काठमाडौँ । पश्चिम एसियाको द्वन्द्वका क्रममा संयुक्त अरब इमिरेट्स (युएई)मा आक्रमणमा परी घाइते भएका सबै नेपाली नागरिक सबै खतरामुक्त रहेका छन् ।
सो आक्रमणमा परेर सात जना नेपाली घाइते भएका जनाइएको छ । घाइते नेपाली नागरिक सबै खतरामुक्त रहेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।
राजदूतावासका अधिकारीले गम्भीर घाइतेसहित सातै जनासँग टेलिफोन सम्पर्क गरेको र उनीहरूले खतरामुक्त रहेको जानकारी गराएको परराष्ट्र मन्त्रालयले आज जनाएको छ ।
घाइतेमध्येका चारजनालाई दूतावासका अधिकारीहरूले आजै भेट गरी उनीहरूको अवस्थाका बारेमा बुझेको र आवश्यक सहयोगका लागि समन्वय गर्ने उल्लेख गरेका थिए । बाँकी तीन जनासँग पनि छिट्टै भेट गरी आवश्यक जानकारी लिइने मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए ।
प्रवक्ता क्षेत्रीका अनुसार छ जना सामान्य उपचारपछि हाल अस्पतालबाट फर्किसकेको र गम्भीर चोट लागेको भनिएका थप एकजना नेपालीको पनि हाल उपचार जारी रहेको तथा उनी पनि खतरामुक्त रहेका छन् । आफू छिट्टै अस्पतालबाट ‘डिस्चार्ज’ हुने उनले टेलिफोनमा बताएका छन् ।
यस घटनाका सम्बन्धमा जानकारी प्राप्त हुनासाथ आवश्यक समन्वयका लागि मन्त्रालयबाट दूतावासलाई निर्देशन दिइएको थियो । युएईका सम्बन्धित निकायहरूबाट समयमै उनीहरूलाई उचित उपचारको प्रबन्ध गरिएको थियो । राजदूतावासले उनीहरूलाई आवश्यक पर्ने कुनै पनि प्रकारको सहयोगका लागि प्रतिबद्ध र तयार रहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण