जुम्ली किसानले राखे मार्सी धानको बेर्ना
सारांश
- जुम्लामा मार्सी धानको बेर्ना राख्ने चलन अनुसार काम भयो ।
- चैत १२ गते बारुवाँ पर्व मनाइन्छ र धान उत्पादनको सुरुवात गरिन्छ ।
- जिल्लामा २,८८८ हेक्टरमा धान खेती हुन्छ, जसमा ३७% मार्सी धान हुन्छ ।
जुम्ला । यहाँको प्रसिद्ध मार्सी धानको बीउ राखिएको छ । परम्परागत रीतिरिवाजअनुसार चैत १२ गते घरमा उमारेको बीउ चैत २० गते बेर्ना राख्ने चलन रहिआएकाले यस वर्ष पनि सोहीअनुसार गरिएको नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतले जानकारी दिए ।
पुरानो संस्कारअनुसार चैत १२ गते बीउलाई बोराभित्र राखेर पानीमा भिजाइन्छ । १६ गते बाहिर निकालिन्छ र २० गते बेर्नाका लागि छरिन्छ । यहाँ हरेक वर्ष चैत २० गते बेर्ना छर्ने गरिन्छ भने चैत १२ गते स्थानीय पर्व बारुवाँ मनाउने गरिन्छ ।
यहाँको परम्पराअनुसार चन्दननाथ, भैरवनाथ, कनकासुन्दरी, मष्टो, कालिका, मालिका देवतालाई र आ–आफ्ना कुलदेवतालाई सम्झेर चैत १२ देखि धान उत्पादन गर्ने चलन रहेको स्थानीय रमानन्द आचार्यले बताए ।
कर्णाली प्रदेश सरकारले पनि यहाँ चैत १२ लाई बारुवाँ दिवसका रूपमा मान्यता दिएको छ । विसं २०७७ जेठ १२ गते बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले जुम्लामा चैत १२ गते धान दिवस मनाउने भनी निर्णय गरेको कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले जानकारीले बताए ।
जिल्लामा दुई हजार ८ सय ८८ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ, जसमध्ये एक हजार ६८ हेक्टर अर्थात् ३७ प्रतिशत क्षेत्रफलमा रैथाने जुम्ली मार्सी धान उत्पादन हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण