मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
माैसम पूर्वानुमान

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आइतबार, २२ चैत २०८२, ०६ : १४
आइतबार, २२ चैत २०८२

सारांश

  • नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव कायम छ।
  • आज देशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षा हुने सम्भावना छ।
  • तराईका केही भूभागमा हावाहुरीसहित हल्का वर्षा र हिमपातको समेत सम्भावना रहेको छ।

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको छ। 

आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ भने बाँकी भूभागमा आंशिक बादल लाग्नेछ।  देशका पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा चट्याङ्ग, असिना तथा हावाहुरीसहित मध्यम वर्षा र हिमपात हुनेछ ।  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा तथा बाँकी तराई भूभागका एक–दुई चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।  मधेस र कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

आज राति देशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहने छ। 

कोशी, गण्डकी, कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूमा तथा बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली भूभाग, कोशी र गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।  मधेस र कोशी प्रदेशका तराई भूभागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप