समीक्षाले पोखिन् वह, भनिन्–'समाजले मलाई पनि बाँच्न कहाँ दिएको थियो र ?'
सारांश
- गायिका समीक्षा अधिकारीले बलात्कार प्रकरणका पीडितमाथि भइरहेको आक्रमण र समाजको दृष्टिकोणप्रति आफ्नो पीडा व्यक्त गरेकी छिन्।
- उनले आफू १८ वर्ष नपुग्दै भोग्नुपरेको सामाजिक दबाब, एक्लो सङ्घर्ष र मानसिक पीडाका दिनहरूलाई स्मरण गरेकी छिन्।
- अधिकारीले पीडितलाई दोष लगाउने प्रवृत्ति अन्त्य गर्न आग्रह गर्दै दोषीलाई कडा कारबाहीको माग गरेकी छिन्।
काठमाडौँ । बलात्कार आरोपमा कलाकार सागर लम्साल पक्राउ प्रकरण र पीडितमाथि भइरहेको आक्रमणलाई सङ्केत गर्दै गायिका समीक्षा अधिकारीले आफ्नो वह पोखेकी छिन् । उनले तत्कालीन अवस्थामा आफूलाई पनि यो समाजले सहज रूपमा बाँच्न नदिएको उल्लेख गरेकी छिन् ।
सामाजिक सञ्जालमार्फत उनले भनेकी छिन्– 'एउटा पीडितको मन अर्को पीडितले जस्तो त कसैले बुझ्न सक्दैन। हुन त म त्यो घटनाबाट धेरै टाढा र अगाडि बढिसकेकी छु, तर ती दिनहरू सम्झिँदा आज पनि मन भित्रैदेखि चिरिन्छ। यो समाजले मलाई बाँच्न कहाँ दिएको थियो र म दिनदिनै मरीमरी बाँच्थेँ। त्यो अँध्यारो जङ्घार कसरी काटेँ, आज सम्झिँदा पनि शरीर सिरिङ्ग हुन्छ। तर मनभित्र एउटा बलियो हिम्मत थियो मैले गलत गरेको छैन, एकदिन सबैले मलाई अवश्य बुझ्नेछन् भन्ने विश्वास थियो।'
अधिकारिले थप भनेकी छिन्– 'अहिलेसम्म पनि धेरै कुरा भोगिरहेकी छु, तर बानी जस्तै भइसकेको छ। त्यतिबेला म एउटा छोरी मान्छे भएर अझै १८ वर्ष पनि पुगेकी थिइनँ, र यो समाजसँग म एक्लै लडिरहेकी थिएँ। मेरो आवाज सुन्ने मेरो परिवार बाहेक कोही थिएन। कसैले साथ दिन खोज्दा पनि उनीहरूकै चरित्रमाथि औंला उठाइन्थ्यो। त्यो बेला म कति टुटेँ, कति रोएँ सायद शब्दमै भन्न सक्दिनँ। सायद त्यही बेला मैले हिम्मत हारेको भए, आज म यो संसारमै हुने थिइनँ होला। तर म रोकिइनँ‘ म लडिरहेँ ।'
'आज पनि हरेक पीडित छोरी मान्छेलाई जब यो समाजले भन्छ—“किन ढिलो बोलिस् ? त्यतिबेलै किन उजुरी गरिनस् ?”—त्यो सुन्दा मन भित्रैदेखि दुख्छ। तपाईंहरूलाई के थाहा, त्यतिबेला कस्तो अवस्था थियो ? छोरी मान्छे भएपछि डरले र समाजको दबाबले कति कुरा मनमै दबाउनुपर्छ। “मलाई नै गलत भन्ला कि?” भन्ने डरले आत्मा नै थिचिन्छ। मन मिल्दा ‘चमत्कार’ र नमिल्दा ‘बलात्कार’ भन्ने सोचले झन् पीडा दिन्छ।' अधिकारीको भनाइ छ ।
अधिकारिले अनुरोध गरेकी छिन्—'कृपया कसैको पीडालाई अरूसँग नदाँज्नुहोस्। हरेक घाउको आफ्नै गहिराइ हुन्छ। मलाई त्यो दिन सम्झनु पनि पीडादायी छ, फेरि कोट्याउन मन छैन। म यहाँ कसैलाई दोष दिन आएकी होइन। तर जुन पीडितलाई आज ज जसले सजिलै नराम्रो भनिरहनु भएको छ, एकपटक आफ्नै घर सम्झिनुहोस्—तपाईंहरूको घरमा पनि दिदीबहिनी, छोरीहरू छन्। म हरेक दिन प्रार्थना गर्छु—कसैलाई पनि यस्तो दिन नआओस्। कसैको भावनासँग खेलबाड नगरियोस्। किनकि यस्तो पीडा जसलाई पर्छ, उसैले मात्र बुझ्छ। ... बिष्टको केसमा दुवै पक्षको सत्य बाहिर आओस् र दोषीलाई कडा भन्दा कडा कारबाही होस्।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण