फेरि बढ्यो अण्डाको मूल्य, यस्तो छ नयाँ मूल्यसूची
आइतबार, २२ चैत २०८२, ११ : २३
काठमाडौँ । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको बिक्री मूल्य फेरि बढाएको छ । संघको कार्यसमितिको पछिल्लो निर्णयअनुसार आजदेखि लागू हुने गरी अण्डाको मूल्य बढाइएको हो ।
यसअघि चैत १६ गतेदेखि लागू भएको मूल्यको तुलनामा अहिले सबै प्रकारका अण्डामा प्रति क्रेट १५ रुपैयाँले वृद्धि भएको छ ।
अण्डाको मूल्यसँगै ढुवानी र प्याकेजिङ खर्चमा पनि वृद्धि भएको छ । चितवनबाट लोड भई देशभरका विभिन्न डिपोहरूमा पुर्याउँदा लाग्ने भाडा, कार्टुन र क्रेट बापतको थप शुल्क यसअघि १४० रुपैयाँ रहेकोमा अब ५ रुपैयाँले बढेर १४५ रुपैयाँ कायम गरिएको छ।
संघका सचिव मदन पोखरेलका अनुसार, अण्डा उत्पादक किसानहरूको गहन छलफल र कार्यसमितिको निर्णय बमोजिम यो नयाँ दररेट कार्यान्वयनमा ल्याइएको हो ।
किसानहरूको लागत मूल्य र बजारको अवस्थालाई मध्यनजर गर्दै मूल्य समायोजन गरिएको संघले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण