राजनीति
राष्ट्रिय सभाको उपाध्यक्षमा लीला भण्डारीलाई उठाउने एमालेको निर्णय
आइतबार, २२ चैत २०८२, १३ : ३९
सारांश
- नेकपा एमालेले राष्ट्रिय सभाको उपाध्यक्षमा लीला कुमारी भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
- राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनका लागि आज उम्मेदवारी दर्ताको समय तोकिएको छ।
- विमला सुवेदीको कार्यकाल सकिएपछि रिक्त रहेको पदमा एमालेले भण्डारीलाई अघि सारेको हो।
काठमाडौँ । नेकपा एमालेले राष्ट्रिय सभाको उपाध्यक्षमा राष्ट्रिय सभा सदस्य लीला कुमारी भण्डारीलाई उम्मेदवार बनाउने भएको छ ।
राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनका लागि आज उम्मेदवारी दर्ताको समय तोकिएको छ ।
आज बसेको एमाले राष्ट्रिय सभा संसदीय दलको बैठकले भण्डारीलाई उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको सांसद सोमनाथ पोर्तेलले जानकारी दिए ।
यसअघि पनि एमालेकी विमला सुवेदी उपाध्यक्ष थिइन् । उनको ६ बर्से कार्यकाल पूरा भएपछि उपाध्यक्ष पद खाली रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
-
विदुषी राणाद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
-
हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति
-
भारततर्फको चिया निर्यातमा देखिएका समस्या समाधान गर्न सरकारद्वारा विशेष कार्यदल गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण