गोरखा समाज जापानको नयाँ कार्यसमिति गठन
सारांश
- टोकियोमा सम्पन्न तेस्रो अधिवेशनबाट अर्जुन ढकालको नेतृत्वमा गोरखा समाज जापानको नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ।
- नयाँ कार्यसमितिको उपाध्यक्षमा सोमबहादुर ढकाल क्षेत्री, रमेश गिरी, खेम गुरुङ र ऋषिराम ढकाल चयन हुनुभएको छ।
टोकियो । गोरखा समाज जापानको अध्यक्षमा अर्जुन ढकाल निर्विरोध चयन भएका छन् । टोकियोस्थित मुसासिनो प्यालेसमा भएको समाजको तेस्रो अधिवेशनले ढकाल नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा सोमबहादुर ढकाल क्षेत्री, रमेश गिरी, खेम गुरुङ, ऋषिराम ढकाल, चयन भएका छन् भने महासचिवमा सुनिल देवकोटा, सचिवमा सुजन पन्त र सोमान गुरुङ, कोषाध्यक्षमा सिमा गुरुङ र सह कोषाध्यक्षमा पुजा गुरुङ निर्वाचित भएका छन् ।
यसै गरी सदस्यहरुमा कृष्ण प्रसाद पोखरेल, पवन पन्त, सबिन मरहट्टा, रेजिना गुरुङ, विनोद सापकोटा र योगेश गायक चयन भएका छन् ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित गैरआवासीय नेपाली संघ ९एनआरएनए० जापानका अध्यक्ष सुभास लामिछानेले गोरखा समाजले एनआरएन जापानसँग मिलेर सधैं काम गरिरहेको उल्लेख गर्दै नयाँ कार्य समितिसँग पनि समन्य गरेर काम गरिरहने प्रतिबद्धता जनाए ।
कार्यक्रममा विशेष अतिथिका रूपमा नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष रविन्द्र श्रेष्ठ ‘गोर्खाली’, एनआरएनए जापानका उपाध्यक्ष मुक्तिराम खनाल, जनप्रगतिशील मञ्च जापानका अध्यक्ष मोहन पौडेल, धादिङ समाज जापानका अध्यक्ष बिमल श्रेष्ठ, निर्वाचन समिति संयोजक भूपालमान श्रेष्ठ, गुरुङ समाज जापानका अध्यक्ष युवराज गुरुङ लगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी कार्यक्रममा जापानी नागरिक हारुहितो नोजुसहित विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा नेपाली समुदायका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण