राष्ट्रिय युवा सङ्घ नेपालको पदाधिकारी बैठक सम्पन्न, केपी ओलीको रिहाइको माग
सारांश
- राष्ट्रिय युवा सङ्घ नेपालको पदाधिकारी बैठकले केपी शर्मा ओलीको तत्काल रिहाइको माग गरेको छ।
- बैठकले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै सरकारलाई जनजीविकाका समस्या समाधान गर्न ध्यानाकर्षण गराएको छ।
- सङ्गठनले शान्तिपूर्ण आन्दोलनमा भएको प्रहरी दमन र युवाहरूको धरपकडप्रति कडा आपत्ति जनाएको छ।
काठमाडौँ । राष्ट्रिय युवा सङ्घ नेपालको पदाधिकारीको प्रथम बैठक केन्द्रीय अध्यक्ष महाराज गुरुङको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकले पछिल्लो राजनीतिक परिस्थिति, आम चुनावको परिणाम तथा साङ्गठनिक अवस्थालगायत विषयमा गम्भीर छलफल तथा समीक्षा गरेको जनाएको छ।
बैठकले आम युवाहरूको भावना प्रतिनिधित्व गर्दै उनीहरूका मुद्दाहरूलाई प्रभावकारी रूपमा उठान गर्ने उद्देश्यसहित विभिन्न रचनात्मक गतिविधिहरू सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ। साथै सङ्गठनले युवाहरूलाई मूल प्रवाहको राजनीतिमा सक्रिय बनाउन विशेष अभियान सञ्चालन गर्ने पनि निर्णय गरेको छ।
बैठकले गौरीबहादुर कार्की नेतृत्वको आयोगको अपूर्ण तथा पूर्वाग्रही प्रतिवेदनको आधारमा सरकारले प्रतिशोधपूर्ण ढङ्गले नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई गैर कानुनी रूपमा धरपकड गरी अनुसन्धानका नाममा हिरासतमा राखेको भन्दै गम्भीर आपत्ति जनाएको छ। सङ्गठनले ओलीलाई तत्काल रिहा गर्न माग गर्दै नवगठित सरकारलाई कानुनको सम्मान गर्न ध्यानाकर्षण गराएको छ।
त्यसैगरी बैठकले एमालेद्वारा आयोजित शान्तिपूर्ण आन्दोलनमा प्रहरीले गरेको अत्यधिक बल प्रयोग तथा दमनको घोर भर्त्सना गरेको छ। आन्दोलनका क्रममा घाइते भएका सबैलाई शीघ्र स्वास्थ्यलाभको कामना समेत गरिएको छ।
बैठकले पछिल्ला केही दिनमा बिना कसुर ठुलो सङ्ख्यामा युवाहरूलाई गैर कानुनी रूपमा धरपकड गरिएको भन्दै आपत्ति जनाएको छ। सङ्गठनले विधिको शासन, लोकतन्त्र तथा मानवअधिकारको सम्मान गर्न सरकारलाई आग्रह गर्दै राज्य शक्तिको दुरुपयोग नगर्न चेतावनी दिएको छ। यस क्रममा सङ्गठनका केन्द्रीय सचिवालय सदस्य वकिल बमलाई हिरासतमा लिइएकोप्रति आपत्ति जनाउँदै तत्काल रिहाइको माग गरिएको छ।
साथै बैठकले कुनै दल वा संस्थामा आस्था राखेकै कारण व्यक्तिमाथि साइबर बुलिङ तथा मानसिक हिंसा गर्ने प्रवृत्तिको निन्दा गर्दै यस्ता गतिविधिमा संलग्नलाई कारबाही गर्न सरकारसँग माग गरेको छ।
बैठकले पछिल्लो पटक पेट्रोलियम पदार्थलगायतमा भएको असामान्य मूल्यवृद्धिले जनजीविकामा गम्भीर प्रभाव पारेको भन्दै यसको प्रभावकारी समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
यसैबिच बैठकले रसुवा जिल्ला अध्यक्ष सुरेश थोकाको असामयिक निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण