बागमती प्रदेशसभा बैठक मङ्गलबार बोलाउन सिफारिस
मकवानपुर । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन चैत २४ गतेका लागि आह्वान गर्न सिफारिस गरिएको छ । प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको हिउँदे अधिवेशन २४ गते मङ्गलबार आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङका अनुसार प्रदेश सभाको हिउँदे अधिवेशन चैत २४ गते मङ्गलवार दिउँसो ४ बजे बस्ने गरी आह्वान गर्न सिफारिस गर्ने निर्णय गरिएको हो । मन्त्रिपरिषद्को निर्णय अनुसार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले संसद्को हिउँदे अधिवेशन आह्वान गर्नेछन् । पछिल्लो पटक गत साउन २७ मा बसेको बैठक हालसम्म बस्न सकेको थिएन ।
भदौ २३/२४ गतेको जेनजी आन्दोलनको क्रममा प्रदेशसभा सचिवालय, प्रदेशसभा हल सहितका संरचना जलेपछि संसद् बैठक बस्न नसकेको हो । प्रदेशसभा बैठक बस्न नसकेपछि मंसिर ३ मा प्रदेशसभाको चालु वर्षे अधिवेशन अन्त्य गर्ने निर्णय गरिएको थियो ।
प्रवक्ता तामाङका अनुसार हाल अस्थायी रूपमा सभा सञ्चालनका लागि हेटौँडा उपमहानगरपालिका पछाडिको मुख्यमन्त्री सभा हललाई मर्मत गरेर तयार गरिएको छ । ३१ हेक्टर जग्गामा प्रदेशको सबै संरचना त्यहाँ बनाउने गुरुयोजनाका साथ प्रदेश सरकार अगाडि बढेको उनले बताए ।
‘प्रदेश सभाको बैठक र प्रदेश सभाको भवन हामीले अस्थायी रूपमा तयार गरेका छौँ । अहिले यो उपमहानगरपालिकाको हलमा बैठक चलाउने तयारी गरेका छौँ ।’ उनले भने, ‘यो सँगै प्रदेश सभाको स्थायी भवन बनाउने प्रक्रिया पनि अघि बढाउने योजना बनाएका छौँ । बागमती प्रदेश सरकारलाई संरचना निर्माण गर्न हेटौँडा १७ मा ३१ हेक्टर जग्गा सङ्घीय सरकारबाट प्राप्त भइसकेको छ । प्रदेश सभा भवन लगायतका प्रदेशका मन्त्रालयको भवनहरूको विषयमा यसै वर्षमा ठेक्का लाग्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण