गर्भवती तथा सुत्केरीलाई पोषण सामग्री वितरण
आइतबार, २२ चैत २०८२, २० : ४३
अर्घाखाँची । सन्धिखर्क नगरपालिका–३ मा गर्भवती तथा सुत्केरीलाई पोषण सामग्री वितरण गरिएको छ । वडाभित्र रहेका सुनौलो हजार दिनका आमा तथा शिशुको पोषण सुधारलाई प्राथमिकता दिँदै सामग्री प्रदान गरिएको हो ।
बराहनेटा आधारभूत स्वास्थ्य केन्द्रको आयोजना तथा सन्धिखर्क नगरपालिका—३ कार्यालयको समन्वयमा सम्पन्न कार्यक्रममा २१ जना गर्भवती र ३१ जना सुत्केरी आमालाई पोषण सामग्री प्रदान गरिएको स्वास्थ्य केन्द्र प्रमुख धर्मराज पन्थीले बताए ।
सुनौलो हजार दिन अवधिलाई लक्षित गर्दै आमालाई एक क्यारेट अण्डा, चना, साबुन र ‘नेल कटर’ वितरण गरिएको थियो । गर्भावस्था र सुत्केरी अवस्थामा सन्तुलित आहार, सरसफाइ र व्यक्तिगत स्वास्थ्य सुरक्षाले आमा र नवजात शिशुको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले यस्ता सामग्री वितरण गरिएको वडाध्यक्ष जम्शेर मियाँले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण