बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

काठमाडौँबाट थप दुई जना गुण्डा पक्राउ

आइतबार, २२ चैत २०८२, २१ : ५७
आइतबार, २२ चैत २०८२

सारांश

  • काठमाडौँबाट गुण्डागर्दीमा संलग्न थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा कोर्तो गुरुङ र लक्ष्मण साउद रहेका छन् ।
  • प्रहरीले यसअघि पक्राउ परेका ३३ जनासहित उनीहरूमाथि अभद्र व्यवहार कसुरमा अनुसन्धान गरिरहेको छ ।

काठमाडौँ । प्रहरीले काठमाडौँबाट गुण्डागर्दीमा संलग्न थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मनाङ घर भएका कोर्तो गुरुङ र कैलालीको टिकापुर नगरपालिका–१ घर भएका २६ वर्षीय लक्ष्मण साउद छन् ।

कोर्तो गुरुङलाई रेम्बो र अजय गुरुङ भनेर चिनिन्छ । उनीहरूलाई काठमाडौँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।

यसअघि पहरीले ३३ जना गुण्डाहरुलाई पक्राउ गरेको थियो । उनीहरूमाथि प्रहरीले अभद्र व्यवहार सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप