समाचार
सभामुखले बोलाए प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक
३ एजेण्डामा छलफल हुने
सोमबार, २३ चैत २०८२, १० : ००
सारांश
- सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक सोमबार बिहान सिंहदरबारमा आह्वान गरेका छन्।
- बैठकमा प्रतिनिधि सभाको कार्यसूची, कार्यव्यवस्था परामर्श समिति र नियमावली परिमार्जन समितिको गठनबारे छलफल हुनेछ।
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान गरेका छन् । सोमबार बिहान सिंहदरबारमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान गरिएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिए ।
‘बिहान ११ बजे प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक आह्वान भएको छ,’ महासचिव पाण्डेले रातोपाटीसँग भने, ‘बैठकमा ३ विषयमा छलफल हुन्छ ।’
पाण्डेका अनुसार सोमबार दिउँसो १ बजे बोलाइएको प्रतिनिधि सभा बैठकको कार्यसूचीबारे छलफल हुनेछ । यसैगरी, कार्यव्यवस्था परामर्श समिति गठन र प्रतिनिधि सभा नियमावली परिमार्जन समिति गठनबारे पनि सर्वदलीय बैठकमा छलफल हुने पाण्डेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
-
पोखरा लेकसाइड नजिकै दुर्घटना, एक युवकको मृत्यु
-
राहदानी छपाइमा १० अर्ब १३ करोडको भ्रष्टाचारः कसलाई कति बिगो मागदाबी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण