बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कुनै पनि दललाई भेदभाव गर्दिनँ, तटस्थ र समन्वयकारी भूमिका निर्वाह गर्छु : सभामुख अर्याल

सोमबार, २३ चैत २०८२, १४ : ३०
सोमबार, २३ चैत २०८२

सारांश

  • सभामुख डोलप्रसाद अर्यालले आफूले तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।
  • उनले सभामुखको आसनबाट दलगत आधारमा कुनै पनि दललाई भेदभाव नगर्ने स्पष्ट पारेका छन्।
  • सदनलाई प्रभावकारी र जनमुखी बनाउन महत्त्वपूर्ण कानुन निर्माण तथा परिमार्जनमा जोड दिनुपर्ने उनले बताएका छन्।

काठमाडौँ । सभामुख डोलप्रसाद(डीपी) अर्यालले तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने बताएका छन् । सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सभामुख अर्यालले आफ्नो भूमिका तटस्थ, निष्पक्ष र समन्वयकारी हुने प्रतिबद्धता जनाएका हुन् । 

उनले आफूले सभामुखको आसनबाट दलगत सहभागिताका आधारमा भेदभाव नगर्ने बताए । उनले सदनलाई प्रभावकारी, उत्तरदायी र जनमुखी बनाउने दायित्व सदनको हुने समेत बताए । 

सदनबाट परिणाम प्राप्तिका लागि महत्त्वपूर्ण कानुन निर्माण परिमार्जन गर्न आवश्यक रहेको बताउँदै उनले संसद्लाई निष्क्रियता नभई कार्यसम्पादनको थलो बनाउनु आवश्यक रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप