प्रतिनिधिसभा बैठक
प्रतिनिधिसभामा २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन
सोमबार, २३ चैत २०८२, १४ : ३५
सारांश
- सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरेका छन्।
- सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुखले उक्त समितिका सदस्यहरूको नाम सार्वजनिक गरेका छन्।
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरेका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा उनले कार्यव्यवस्था परामर्श समिति गठन गरी सदस्यहरू मनोनीत गरेको जानकारी गराएका हुन् ।
सभामुख अर्यालका अनुसार समितिमा अचुतम लामिछाने, अप्साना बानु, आरएन राई, केपी खनाल र कामिनी चौधरी छन् ।
त्यस्तै, समितिमा क्रान्तिशिखा धिताल, खुस्बु ओली, गणेशसिंह ठगुन्ना, गुरुप्रसाद बराल, गंगालक्ष्मी अवाल र तपेश्वर यादव छन् । त्यस्तै देवराज पाठक, नरेन्द्रकुमार केरुङ, प्रकाशचन्द्र परियार, निशा डाँगी, बोधनारायण श्रेष्ठ, मिनाकुमारी यादव, युवराज दुलाल, राजन गौतम, डा.राम लामा र विपिनकुमार आचार्य रहेका सभामुख अर्यालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास, होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
फेवातालमा बेपत्ता युवकको शव फेला
-
पूर्वमन्त्री पौडेललाई पुल्चोक प्रहरीको हिरासतमा राखियो (अपडेट)
-
रोनाल्डोको कीर्तिमानी गोलसँगै पहिलो हाफमा पोर्चुगलको फराकिलो अग्रता
-
प्रहरीको तलब प्रत्येक १५ दिनमा
-
उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारी प्रतिशोधपूर्ण भएको एमालेको ठहर, देशव्यापी भण्डाफोर गर्ने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण