१४ करोड भारुमा किनिएका अलराउन्डरको भूमिका ब्याटर मात्र ?
नयाँ दिल्ली । पाँच पटकको आईपीएल च्याम्पियन चेन्नई सुपर किंग्सले आईपीएल २०२६ अघि उत्तर प्रदेशका युवा अलराउन्डर प्रशान्त वीरमाथि खुलेर पैसा खर्च गरेको थियो ।
टोलीले प्रशान्तलाई १४.२ करोड भारुमा किनेको थियो । प्रशान्त वीरलाई रविन्द्र जडेजाको विकल्पको रूपमा हेरिएको थियो, किनकि उनी पनि देब्रे हाते स्पिनर हुन् । तर, चेन्नईले उनलाई जसरी प्रयोग गरिरहेको छ, त्यसमाथि अब प्रश्न उठ्न थालेको छ ।
चेन्नईले जारी आईपीएलमा तीनमध्ये दुई खेलमा प्रशान्त वीरलाई मौका दियो । उनी पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बेंगलुरुविरुद्ध प्लेइङ ११ मा थिए । तर, उनलाई एक ओभर पनि बलिङ गर्न दिइएन । चेन्नईले उनलाई एक अलराउन्डरको रूपमा किनेको थियो, तर टोलीले उनलाई केवल एक ब्याट्सम्यानको रूपमा प्रयोग गरिरहेको छ । यसले चेन्नईको यो रणनीतिमाथि प्रश्न उठिरहेको छ ।
चेन्नईलाई एक करोड
यदि १४ वटा समूह चरणका खेलहरूको आधारमा प्रशान्तको प्रति–खेल तलब हिसाब गर्ने हो भने वीरको एक खेलको तलब लगभग १.०१४ करोड भारु हुन्छ । उनलाई बलिङ र ब्याटिङ दुवै सीपका लागि किनिएको थियो ।
यस हिसाबले चेन्नईले प्रशान्तलाई उनको बलिङका लागि प्रतिखेल करिब ५०.७ लाख भारु र ब्याटिङका लागि त्यति नै रकम तिरिरहेको छ । यसको मतलब, प्रशान्तले खेलेका दुई खेलमा उनले बलिङ नगर्दा चेन्नईलाई १.०१४ करोड भारु बराबरको नोक्सान भएको छ, किनकि उनको बलिङ क्षमताको प्रयोग नै भएन ।
उत्कृष्ट बलर हुन् प्रशान्त वीर
प्रशान्त वीरले घरेलु क्रिकेटमा आफ्नो बलिङले सबैलाई प्रभावित गरेका छन् । उनले आफ्नो करिअरमा तीन प्रथम श्रेणी, आठ लिस्ट ‘ए’ र ११ टी–२० खेल खेलेका छन् । प्रथम श्रेणी क्रिकेटमा २, लिस्ट ‘ए’ मा १० र टी–२० मा उनको नाममा १२ विकेट छन् । टी–२० मा प्रशान्त वीरको इकोनोमी केवल ६.४५ को छ, जुन निकै उत्कृष्ट मानिन्छ ।
यस्तो अवस्थामा जब चेन्नईले प्रशान्तलाई एक अलराउन्डरका रूपमा किनेको हो भने उनीबाट किन बलिङ गराइरहेको छैन भन्ने ठुलो प्रश्न खडा भएको छ । यदि प्रशान्त फिट छन् र तैपनि बलिङ गरिरहेका छैनन् भने यो रणनीति चेन्नईलाई निकै महँगो पर्न सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु संकटको चक्रव्यूहमा नेपाल, इतिहासकै गम्भीर संकट
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
-
विश्वकपमा केप भर्डेको सनसनी, इतिहास रच्ने संघारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण