सरकारले २८ अर्ब ऋण लिने निर्णयप्रति पूर्वअर्थमन्त्री पुनले प्रश्न उठाए
सारांश
- पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले २८ अर्ब ऋण लिने निर्णयप्रति असन्तुष्टि जनाएका छन्।
- ऋण नलिने प्रतिबद्धता जनाएर राजनीतिमा आएको पार्टीले सरकारमा पुगेलगत्तै ऋण लिने निर्णय गरेको भन्दै उनले प्रश्न उठाएका छन्।
काठमाडौँ । पूर्वअर्थमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले वर्तमान सरकारले २८ अर्ब ऋण लिने निर्णयप्रति असन्तुष्टि जनाएका छन् ।
केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुरा गर्दै पुनले वैदेशिक ऋण लिने सरकारको निर्णयप्रति असन्तुष्टि पोखेका हुन् । ऋण नलिने भनेर वैकल्पिक राजनीतिमा आएको पार्टीको सरकारले निर्णयप्रति उनले प्रश्न उठाए ।
‘अहिलेका साथीहरूले ऋण लिँदैनौँ । देशलाई ऋणले डुबाए भनेर उहाँहरू राजनीतिमा आउनुभएको हो । वैकल्पिक राजनीति प्रस्तुत गर्नुभएको हो । सरकारमा आएको यति दिनमै २८ अर्ब ऋण लिने निर्णय गर्नुभयो’, उनले भने, ‘उहाँले जवाफ दिने हो जनताले प्रस्ट पार्ने हो । ऋण लिन्नौँ भन्ने अनि आएकै दिनमा ऋण लिने पत्याउनु हुन्छ कसरी ? त्यो हामीले भन्न मिल्दैन । किनभने हामीसँग जनमतै छैन । आवश्यकता अनुसार ऋण लिनुपर्छ । त्यो पूर्वाधारमा खर्च गर्नुपर्छ भन्ने हामी हौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण