वैदेशिक रोजगारीमा जाने श्रमिकले अब विमानस्थलमा टिकटको बिल अनिवार्य देखाउनुपर्ने
सोमबार, २३ चैत २०८२, २० : १८
काठमाडौँ । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकले अब विमानस्थलमा टिकटको बिल पनि अनिवार्य देखाउनु पर्ने व्यवस्था गरेको छ ।
वैदेशिक रोजगार विभागले सोमबार सूचना जारी गर्दै २९ चैतदेखि यस्तो व्यवस्था लागु हुने जानकारी दिएको हो । यो व्यवस्था व्यक्तिगत र म्यानपावर कम्पनीमार्फत जाने दुवै श्रमिकका हकमा लागु हुने विभागले जानकारी दिएको छ ।
त्यस्तै, विभागले म्यानपावर कम्पनीमार्फत जाने श्रमिकले आफूले तिरेको सेवा शुल्कको आधिकारिक रसिद पनि साथमा राख्नु पर्ने जनाएको छ ।
विभागले इजाजतपत्र प्राप्त म्यानपावर कम्पनीहरूलाई श्रमिकबाट लिएको रकमको भौचर वा रसिद अनिवार्य रूपमा उपलब्ध गराउन निर्देशन दिएको छ । विभागले यो व्यवस्था श्रमिकको पारदर्शिता र ठगी नियन्त्रणका लागि लागू गरिएको जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झुक्किएर बल अन्त गए पनि बालेनको खुट्टामा पास गर्छु : रवि लामिछाने
-
नबोलौँ भन्छु, बोल्ने दिन आइहाल्छ भन्दै बालेन शाहले के-के भने ? (पूर्णपाठसहित)
-
आन्दोलनलाई तिरस्कार गर्ने साहस हामीमा छैन : रवि लामिछाने
-
अद्वितीय बचाउ गर्ने गोलरक्षक रुम, जसको हिम्मतका कारण कुरासाओले इतिहास रच्यो
-
देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने
-
डिम्ब तस्करी विरुद्ध विरोध प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण