‘तरङ्ग’को फष्टलुक सार्वजनिक
सारांश
- प्रदीपकुमार चौधरीद्वारा निर्देशित फिल्म 'तरङ्ग'को फष्टलुक सार्वजनिक गरिएको छ।
- पोस्टरमा मुख्य कलाकार वरुण अधिकारी र रविना केसीको मौन प्रेमभाव देख्न सकिन्छ।
काठमाडौं । प्रदीपकुमार चौधरी निर्देशित फिल्म ‘तरङ्ग’को फष्टलुक सार्वजनिक गरिएको छ । निर्माण कम्पनी देवदत क्रियशनले फिल्म एक पोष्टर फष्टलुक्सको रुपमा बाहिर ल्याएको हो । पोस्टरमा प्रमुख कलाकारद्वय वरुण अधिकारी र रविना केसी फिचर्ड छन् । पोस्टरमा कलाकारद्वय अधिकारी र केसीको मौन प्रेमभाव देखिन्छ ।
पवलद्यममा वरुण र रविनासँगै बारात लिम्बु, कृष्ण थापा, सारा राई, उज्जल बान्तवा राई, उदय सुब्बा, कुन्दन थारु, उत्तम गुरुङ, जोहन सञ्जोग, विशाल सेनेहाङ्ग र बाल कलाकार प्रन्शु चौधरीको अभिनय छ ।
फिल्मको कथा निर्देशक चौधरीको नै हो । तर्कराज जोशी र जितेन्द्रकुमार चौधरी निर्माता रहेको फिल्ममा हरिनारायण चौधरी कार्यकारी निर्माता छन् । महेश पौडेलले छायांकन गरेको ‘तरङ्ग’मा सन्देश शाहको सम्पादन, सम्राट् बस्नेतको द्वन्द्व, मनोज थापा मगर, पवन गिरी र मनोज महतोको संगीत समावेश छ । पाश्र्व ध्वनी सुशील डंगोल र सुदीप श्रेष्ठको छ । निर्माण व्यवस्थापन प्रमुख रिजन परियार हुन् ।
मोरङ, सुनसरी, पाल्पा, रुपन्देही, चितवन र कास्कीमा छायांकन गरिएको फिल्मको प्रदर्शन मिति तय हुन बाँकी छ । यसै साता फिल्मको आधिकारिक रिलिज मिति सार्वजनिक गरेर प्रचार प्रसारमा जुट्ने निर्देशक चौधरीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अश्लील भिडियो देखाएर ब्ल्याकमेल गर्ने र सम्बन्ध टुटेपछि चरित्र हत्या गर्ने पक्राउ
-
वर्षाका कारण सम्भावित जोखिम : बीपी राजमार्गमा तत्कालका लागि सवारी साधन ‘होल्ड’
-
अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू गरिने
-
जापानका एक चौथाइभन्दा बढी नगरपालिकामा १० प्रतिशतभन्दा बढी जनसङ्ख्या घट्यो
-
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कर्मचारीकोे तलब भुक्तानी
-
काठमाडौँका सञ्चारगृह र भाटभटेनीबाहिर शंकास्पद रूपमा गाडी पार्किङ, क्रेन लगाएर उठाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण