इरानको ठुलो पेट्रोकेमिकल प्लान्ट ध्वस्त पारेको नेतान्याहुको दाबी
मङ्गलबार, २४ चैत २०८२, ११ : १५
सारांश
- इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले इरानको सबैभन्दा ठुलो पेट्रोकेमिकल प्लान्ट ध्वस्त पारेको दाबी गरेका छन्।
- इजरायली रक्षा बलले दुई ठुला पेट्रोकेमिकल कम्प्लेक्समा आक्रमण गर्दा इरानको ८५ प्रतिशतभन्दा बढी निर्यात क्षमतामा असर परेको जनाएको छ।
तेल अभिभ । इजरायलले इरानको सबैभन्दा ठुलो पेट्रोकेमिकल प्लान्ट ध्वस्त पारेको दाबी इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले गरेका छन् । उनको आधिकारिक सामाजिक सञ्जाल पोस्टमा इजरायलले क्रमिक रूपमा इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)को आर्थिक स्रोत नष्ट गरिरहेको भनिएको छ ।
यसैबिच, इजरायली रक्षा बल (आईडीएफ)ले छुट्टै वक्तव्य जारी गर्दै इरानका दुई ठुला पेट्रोकेमिकल कम्प्लेक्समा आक्रमण गरिएको र त्यसले इरानको ८५ प्रतिशतभन्दा बढी पेट्रोकेमिकल निर्यात क्षमतामा असर पारेको जनाएको छ ।
आईडीएफका अनुसार असलुयेहलस्थित एक स्थललाई इरानी मिसाइल उद्योगका लागि ‘महत्त्वपूर्ण कम्पोनेन्ट’ उत्पादन गर्ने केन्द्रको रूपमा प्रयोग गरिँदै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा केप भर्डेको ऐतिहासिक पहिलो गोल
-
केप भर्डेका डिफेन्डर सिड्नी लोपेज काब्रालले अर्को खेल गुमाउने
-
स्पेनलाई रोकेर विश्वलाई चकित पारेको केप भर्डे आज उरुग्वेसँग भिड्दै
-
यान्त्रिक हलो अभावले किसानलाई धान रोप्न समस्या
-
बेल्जियम र इरानको संघर्षपूर्ण बराबरी
-
बेल्जियमलाई झड्का: नाथन एनगोयले रातो कार्ड पाउँदा टोली १० खेलाडीमा सीमित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण