कुवेतमा भएको आक्रमणमा १५ अमेरिकी सैनिक घाइते
मङ्गलबार, २४ चैत २०८२, ११ : ३७
सारांश
- कुवेतस्थित अली अल सलेम एयर बेसमा भएको इरानी ड्रोन आक्रमणमा १५ जना अमेरिकी सैनिक घाइते भएका छन्।
- घाइतेमध्ये अधिकांश सैनिक सामान्य उपचारपछि पुनः आफ्नो काममा फर्किसकेका छन्।
- इरानसँगको युद्ध सुरु भएयता हालसम्म कूल ३७३ जना अमेरिकी सैनिक घाइते भइसकेका छन्।
वासिङ्टन डीसी । कुवेतस्थित अली अल सलेम एयर बेसमा राति गरिएको इरानी ड्रोन आक्रमणमा १५ जना अमेरिकी सैनिक घाइते भएका छन् । अमेरिकी अधिकारीहरूले सीबीएस न्यूजमार्फत उक्त जानकारी दिएका हुन् ।
अधिकारीहरूका अनुसार घाइतेमध्ये अधिकांश सैनिक सामान्य उपचारपछि पुनः आफ्नो काममा फर्किसकेका छन् । यसैबिच, इरानसँगको युद्ध सुरु भएयता हालसम्म कूल ३७३ जना अमेरिकी सैनिक घाइते भइसकेका छन् ।
अमेरिकी मध्य कमाण्ड (सेन्टकम)का अनुसार तीमध्ये ३३० जना पुनः ड्युटीमा फर्किएका छन भने पाँच जनाको अवस्था अझै गम्भीर रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
जलवायु संकटको चक्रव्यूहमा नेपाल, इतिहासकै गम्भीर संकट
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण