ललितपुरको थसिखेलमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु
ललितपुर । ललितपुर महानगरपालिका वडा नं. १४ थसिखेलमा आज मध्याह्न भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।
सातदोबाटोबाट एकान्तकुनातर्फ जाँदै गरेको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको ज्यान गएको हो।
प्रहरीका अनुसार मधेस प्रदेश ०३-००१ ख ८०६८ नम्बरको ट्रकले सोही दिशामा जाँदै गरेको बागमती प्रदेश ९५४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा परी मोटरसाइकल चालक सुनसरी घर भई हाल ललितपुरको सानेपा बस्ने ६५ वर्षीय बिदुर गुरुङ र मोटरसाइकलको पछाडि सवार ८४ वर्षीया धनमाया गुरुङ गम्भीर घाइते भएका थिए। उनीहरूलाई तत्काल उपचारका लागि अल्का अस्पताल पठाइएकोमा चिकित्सकले दिउँसो १:१० बजे मृत घोषणा गरेका थिए।
प्रहरीले ट्रक चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १२ बस्ने ३३ वर्षीय विनोद खा थारुलाई नियन्त्रणमा लिएको छ। उनलाई हाल जिल्ला प्रहरी परिसर जावलाखेलमा राखिएको छ भने दुर्घटनाग्रस्त मोटरसाइकल प्रहरी वृत्त सातदोबाटोको नियन्त्रणमा रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशमा यस्तो बन्यो पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)
-
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
-
फेवातालका डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा
-
रौतहट दुर्घटना : मृतकको पहिचान खुल्यो
-
१० बजे १० समाचार : १० सचिवको सरुवा, ट्राफिक नियम उल्लङ्घनमा हर्क सम्पाङलाई कारबाही
-
रास्वपा सभापति लामिछानेले भेटे राष्ट्रपति, के भयाे कुराकानी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण