बागमती गोल्डकप वैशाख १७ गतेदेखि
मकवानपुर । बागमती गाउँपालिकामा सञ्चालन हुने आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी वैशाखमा हुने भएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै आयोजक बागमती खेलकुद विकास समितिका संयोजक रहर सिं थिङले प्रतियोगिता आगामी वैशाख १७ गतेदेखि २६ गतेसम्म हुने बताए ।
प्रत्येक वर्ष हुँदै आएको प्रतियोगितामा यस वर्ष आयोजकसहित १० टिम सहभागी हुने उनले जानकारी दिए । बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले हरेक वर्ष फाल्गुनमा गोल्डकप आयोजना गर्दै आइरहेको भए पनि यो लिग प्रतियोगिताका कारण पछाडि सार्नुपरेको बताए ।
आफ्नै रङ्गशालासहित एकेडेमी सञ्चालन गर्दै आएको पालिकाले गोल्डकपका लागि ५० लाख बजेट विनियोजन गरेको अध्यक्ष घलानले जानकारी दिए ।
प्रतियोगितामा मलेसियाको पेनाङ फुटबल क्लबसहित चर्च ब्वाईज युनाइटेड, मछिन्द्र क्लब, एपीएफ, त्रिभुवन आर्मी, फ्रेन्ड क्लब, प्लानिङ ब्वाईज युनाइटेड, बागमती युथ क्लब, जीतपुर सिमरा क्लब र आयोजक टिम सहभागी रहने छन् ।
प्रतियोगिता बागमती–४ स्थित सहिद स्मृति रङ्गशालामा खेलाइने छ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ, विधागत उत्कृष्टहरूले २५/२५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले १०/१० हजार प्राप्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक विकृतिविरुद्ध नाटक ‘सहीछाप’
-
शीर्ष स्थानका लागि इङ्गल्याण्ड र घाना भिड्दै
-
सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था
-
रास्वपा महाधिवेशनमा चुनावी रौनक: आफ्नो प्रतिनिधिको लागि भोट माग्दै समर्थक (तस्बिरहरु)
-
समाजवादी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा अशोक सुवेदी चयन
-
रोनाल्डो बने लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी, पोर्चुगलद्वारा उज्बेकिस्तान स्तब्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण