लापसे गरी गाडी चलाउने ६ चालक पक्राउ
मङ्गलबार, २४ चैत २०८२, १९ : ५८
सारांश
- काठमाडौँको वाफलमा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने ६ जना चालकलाई प्रहरीले पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा सार्वजनिक बस र माइक्रोबसका ३-३ जना चालक रहेका छन्।
- उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त स्वयम्भू पठाइएको छ।
काठमाडौँ । सडकमा सयौँ यात्रुको ज्यान जोखिममा पारेर लागुपदार्थ सेवन(लापसे) गरी सवारी साधन चलाउने ६ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौँ महानगरपालिका वडा नम्बर १५ स्थित वाफलको रिपुमर्दन पेट्रोल पम्प अगाडि आज गरिएको विशेष चेकिङका क्रममा ती चालकहरू समातिएका हुन्।
पक्राउ पर्नेहरूमा तीन जना सार्वजनिक भाडा बसका चालक र तीन जना भाडा माइक्रोबसका चालक रहेका छन्। नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीको सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र ट्राफिक प्रहरी वृत्त स्वयम्भूको संयुक्त टोलीले यो कारबाही चलाएको थियो।
जाँचका क्रममा लागुपदार्थ सेवन गरेको पुष्टि भएपछि उनीहरूलाई थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि प्रहरी वृत्त स्वयम्भू पठाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण