शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एनआरएनए माल्टाको विवाद मिल्यो, अध्यक्षमा रोशन गिरी

मङ्गलबार, २४ चैत २०८२, २० : १५
मङ्गलबार, २४ चैत २०८२

सारांश

  • गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टामा लामो समयदेखि कायम रहेको विवाद समाधान भई एकता प्रक्रिया पूरा भएको छ।
  • रोशन गिरीको अध्यक्षतामा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति निर्वाचित भएको छ।
  • नवनिर्वाचित अध्यक्ष गिरीले सबै पक्षलाई समेटेर माल्टामा रहेका नेपालीहरूको हितमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।

माल्टा। गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टामा लामो समयदेखि कायम रहेको विवाद समाधान भएको छ। सहमति र एकताको भावनालाई आत्मसात गर्दै माल्टामा रहेका दुई पक्षबीच एकता भएपछि नयाँ कार्यसमिति गठन गरिएको उपाध्यक्ष रामशरण सिम्खडाले जानकारी दिए । 

उनका अनुसार सहमतिका आधारमा सम्पन्न एकता प्रक्रियाबाट रोशन गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको छ। एनआरएनए केन्द्रको एकतासँगै राष्ट्रिय समन्वय परिषद् (एनसीसी) माल्टाले पनि एकताको ठोस स्वरूप लिएको हो। नयाँ कार्यसमितिको आईसीसी सदस्यहरूमा शंकर पोख्रेल र मधु गुरुङ चयन भएका छन्।

विवाद मिलाउन परोपकार र मानवीय सहायता (पीएचए) विभागका प्रमुख रामशरण सिम्खडा माल्टामै पुगेका थिए ।  नयाँ कार्यसमितिको उपाध्यक्षहरूमा निरज श्रेष्ठ, ललित पाण्डे, विजय परियार, हरि प्रसाद पौडेल, राजु विश्वकर्मा, ध्रुव प्रसाद पाण्डे र अम्बर बहादुर रावत रहेका छन्। त्यस्तै, युवा उपाध्यक्षमा श्याम कुमार बस्नेत (अंश) र महिला उपाध्यक्षमा धनु तामाङ चयन भएका छन्।
संस्थाको प्रशासनिक जिम्मेवारी सम्हाल्ने महासचिव पदमा बिरोजंग पाण्डे निर्वाचित भएका छन् भने उप-महासचिवमा समुन्द्र भट्टराई र किरण बुढाथोकी रहेका छन्। सचिवको जिम्मेवारी भरत अर्याल, रवीन्द्र तामाङ, लिल बहादुर बिष्ट (अम्बर), रेशम बहादुर बिक, निरज श्रेष्ठ र एस.बी. गुरुङलाई दिइएको छ।

त्यसैगरी, कोषाध्यक्षमा दामोदर लामिछाने, सह-कोषाध्यक्षमा हेमा तामाङ, महिला संयोजकमा नैना गुरुङ, युवा संयोजकमा रोशन तिवारी र महिला सचिवमा रिना कार्की चयन भएका छन्। कार्यसमिति सदस्यहरूमा सुभाष लामिछाने, प्रकाश बान्तवा राई, दर्शन लिम्बू, दिनेश ढोली, शुष्मा कार्की र दीर्घ सिंह गुरुङ रहेका छन्।

एकता प्रक्रियालाई अझ मजबुत बनाउन निवर्तमान अध्यक्षद्वय रमेश खनाल र सत्यनारायण झालाई युरोप क्षेत्र र आईसीसीमा मनोनयनका लागि सिफारिस गर्ने निर्णय समेत गरिएको छ।

विगत तीन वर्षदेखिको कार्यकाल पूरा गरी विश्राम लिएका निवर्तमान पदाधिकारीहरूले नयाँ कार्यसमितिलाई पूर्ण साथ र सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। नवनिर्वाचित अध्यक्ष रोशन गिरीले सबै पक्षलाई समेटेर माल्टामा रहेका नेपालीहरूको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप