अमेरिकी सेनाको ३८ दिने ‘अपरेशन एपिक फ्युरी’ सफल: ह्वाइट हाउस
सारांश
- ह्वाइट हाउसले अमेरिकाको ३८ दिने ‘अपरेशन एपिक फ्युरी’ सफल भएको घोषणा गरेको छ।
- यो सैन्य अभियानको मुख्य उपलब्धि स्ट्रेट अफ होर्मुज जलमार्ग पुनः सुचारु हुनु रहेको छ।
- अमेरिकी सैन्य दबाबकै कारण इरान वार्ताको टेबुलमा आउन बाध्य भएको ह्वाइट हाउसले दाबी गरेको छ।
वासिङ्टन डिसी । अमेरिका र इरानबिच भएको युद्धविरामको सम्झौतापछि ह्वाइट हाउसले यसलाई संयुक्त राज्य अमेरिका र अमेरिकी सेनाको ठुलो रणनीतिक सफलताका रूपमा व्याख्या गरेको छ। वासिङ्टनले यसलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको कूटनीतिक र सैन्य कौशलको नतिजा भनेको हो।
ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले सामाजिक सञ्जालमार्फत यो सफलता राष्ट्रपति ट्रम्प र अमेरिकी सैन्य बलको असाधारण मेहेनतका कारण सम्भव भएको दाबी गरेकी छिन्। लेभिटका अनुसार यस सैन्य अभियानको सबैभन्दा ठूलो उपलब्धि इरानले बन्द गरेको रणनीतिक रूपमा महत्त्वपूर्ण स्ट्रेट अफ होर्मुज पुनः सुचारु हुनु हो।
विश्वको तेल व्यापारका लागि मेरुदण्ड मानिने यो जलमार्ग खुला गराउनुलाई अमेरिकाले आफ्नो प्रमुख विजय मानेको छ। राष्ट्रपति ट्रम्पले सुरुमा ‘अपरेशन एपिक फ्युरी’ चार देखि ६ हप्तासम्म चल्ने बताएको स्मरण गराउँदै प्रेस सचिवले अमेरिकाले मात्र ३८ दिनमा आफ्ना मुख्य सैन्य लक्ष्यहरू प्राप्त गरेको र अपेक्षा गरेभन्दा बढी सफलता हासिल गरेको जानकारी दिएकी छिन्।
अमेरिकी रक्षा मन्त्रालयले यस सैन्य दबाबकै कारण इरान वार्ताको टेबुलमा आउन बाध्य भएको विश्लेषण गरेको छ। अमेरिकी रक्षा सचिव पिट हेगसेथ र जोइन्ट चिफ अफ स्टाफका अध्यक्ष जनरल ड्यान केनले बुधबार बिहान यस विषयमा थप विशेष जानकारी दिने कार्यक्रम रहेको छ।
ह्वाइट हाउसले अमेरिकी सैन्य शक्तिको प्रयोगबाट सिर्जित दबाबले नै राष्ट्रपति ट्रम्पलाई कडा वार्ता गर्ने आधार दिएको र यसैको फलस्वरूप अहिले दीर्घकालीन शान्ति र कूटनीतिक समाधानका लागि बाटो खुलेको दाबी गरेको छ। यो ३८ दिने कारबाहीले इरानलाई रक्षात्मक अवस्थामा पुर्याएको दाबी गर्दै ह्वाइट हाउसले अब कूटनीतिक तवरबाटै क्षेत्रमा स्थिरता ल्याउने दाबी गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण