काठमाडौँमा चौथो एपाक आईपीभी सिक्स काउन्सिल मिट हुँदै
सारांश
- सुबिसु लिमिटेडको आयोजनामा आगामी अप्रिल ९ र १० गते काठमाडौँमा चौथो एपाक आईपीभी सिक्स काउन्सिल मिट हुने भएको छ।
- यो सम्मेलनले डिजिटल नेपाल अभियानलाई टेवा पुर्याउँदै इन्टरप्राइज नेटवर्क आर्किटेक्चरमा आईपीभी सिक्स को व्यावहारिक प्रयोगबारे छलफल गर्नेछ।
- दुई दिनसम्म चल्ने उक्त कार्यक्रममा स्वदेशी तथा विदेशी प्रविधि विज्ञहरूले फाइभजी, स्मार्ट सिटी र साइबर सुरक्षाका चुनौतीबारे अनुभव साटासाट गर्नेछन्।
काठमाडौँ। नेपालको सूचना प्रविधि क्षेत्रमा लामो समयदेखि सक्रिय सुबिसु लिमिटेडले काठमाडौँमा चौथो ‘एपाक आईपीभी सिक्स काउन्सिल मिट’ आयोजना गर्ने भएको छ। यो महत्त्वपूर्ण अन्तर्राष्ट्रिय सम्मेलन आगामी अप्रिल ९ र १० काठमाडौँको लाजिम्पाटस्थित होटल र्याडिसनमा सञ्चालन हुनेछ।
नेपालमा आयोजना हुन लागेको यो उच्चस्तरीय प्रविधि सम्मेलनले सरकारको डिजिटल नेपाल अभियानलाई थप प्रभावकारी बनाउन र मुलुकलाई एसिया–प्रशान्त क्षेत्रको डिजिटल पूर्वाधार छलफलको केन्द्रमा राख्न मद्दत पुर्याउने विश्वास गरिएको छ।
यस पटकको सम्मेलन विशेषगरी ‘इन्टरप्राइज नेटवर्क आर्किटेक्चर’ मा आईपीभी सिक्स को व्यावहारिक प्रयोगमा केन्द्रित रहनेछ। वर्तमान समयमा विश्वका ठुला संस्थाहरू क्लाउड–आधारित र सफ्टवेयर–निर्धारित सुरक्षित नेटवर्कतर्फ अघि बढिरहेका बेला आईपीभी सिक्स को प्रयोग प्राविधिक सुधार मात्र नभई एक रणनीतिक आवश्यकता बनिसकेको छ।
सम्मेलनमा फाइभजी, स्मार्ट सिटी र ठुला औद्योगिक स्वचालन जस्ता आधुनिक प्रविधिहरूका लागि आवश्यक पर्ने असीमित इन्टरनेट ठेगानाहरू आईपीभी सिक्स ले कसरी प्रदान गर्छ भन्नेबारे विस्तृत अनुभव साटासाट र गहन छलफल हुनेछ।
दुई दिनसम्म चल्ने यस कार्यक्रममा नेपालसहित विभिन्न देशका ख्यातिप्राप्त कीनोट स्पिकरहरू र प्रविधि विज्ञहरूको सहभागिता रहनेछ। सहभागीहरूले इन्टरनेट नेटवर्कमा बढ्दो साइबर सुरक्षाको खतरा र त्यसका चुनौतीहरूका बारेमा समेत ध्यानाकर्षण गराउने कार्यक्रम छ।
सुबिसुले आयोजना गर्न लागेको यो सम्मेलनले नेपाली प्राविधिकहरूलाई विश्वस्तरीय विशेषज्ञहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने, नयाँ ज्ञान हासिल गर्ने र क्षमता अभिवृद्धि गर्ने उत्कृष्ट अवसर प्रदान गर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण