४२ अङ्कले बढ्यो सेयर बजार, २८०० को नजिक पुग्यो परिसूचक
सारांश
- नेपाल स्टक एक्सचेन्ज परिसूचक ४२.१२ अङ्कले बढेर २७९९.५३ विन्दुमा पुगेको छ।
- आज ८ अर्ब २१ करोड ५४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
- बजारमा रहेका सबै उप-सूचकहरूमा वृद्धि देखिएको छ र चारवटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ।
काठमाडौँ ।साताको कारोबारको चौथो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उल्लेख्य सुधार देखिएको छ। आज नेप्से परिसूचक ४२.१२ अङ्कले बढेर २७९९.५३ विन्दुमा पुगेर बन्द भएको छ ।
बजारमा परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि देखिएको छ । आज कुल ३४५ कम्पनीका १ करोड ८६ लाख कित्ता सेयर कारोबारबाट ८ अर्ब २१ करोड ५४ लाख रुपैयाँ बराबरको खरिद–बिक्री भएको छ ।
आज कारोबार भएका सबै उप–सूचकहरू हरियाली देखिएका छन्। सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूह ३.८७ प्रतिशतले बढेको छ। यस्तै, जलविद्युत २.६१ प्रतिशत र होटल तथा पर्यटन समूह २.५६ प्रतिशतले वृद्धि भएको छ। बैंकिङ समूह १.१५ प्रतिशत र विकास बैंक १.९८ प्रतिशतले बढेका छन् ।
आज ४ वटा कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ। जसमा रिलायन्स स्पिनिङ मिल्स, श्रीनगर एग्रोटेम, सोलु हाइड्रो र र होटल फरेस्ट इन रहेका छन् ।
कारोबार रकमका आधारमा आज एसवाई प्यानल शीर्ष स्थानमा रहेको छ, जसको ४६ करोड ८१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यसैगरी रिलायन्स ४२ करोड १६ लाख, शिवम् सिमेन्ट ३७ करोड २० लाख, एनआरएन इन्फास्ट्रक्चर ३० करोड ७० लाख र नेशनल हाइड्रोपावर ३० करोड २५ लाखको पनि उच्च कारोबार भएको छ ।
बजारमा उत्साहकाबिच केही कम्पनीको मूल्यमा भने गिरावट देखिएको छ। सबैभन्दा बढी स्वेतगंगा हाइड्रोपावरको मूल्य ४.३५ प्रतिशतले घटेको छ ।
आज कुल २४३ कम्पनीको मूल्य बढ्दा २१ कम्पनीको मूल्य घटेको छ भने ४ कम्पनीको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण