प्रधानमन्त्री बालेनलाई चिनियाँ राजदूतले भने, ‘चीनको विकास र खुलापनको प्रतिफल नेपाललाई बाँड्न चाहन्छौँ’
सारांश
- चिनियाँ राजदूत झाङ माओमिङले चीनको विकास र खुलापनको प्रतिफल नेपालसँग बाँड्न चाहेको बताएका छन्।
- राजदूत माओमिङले दुई देशबीचको रणनीतिक साझेदारीबाट दुवै देशका जनता लाभान्वित हुने विश्वास व्यक्त गरेका छन्।
काठमाडौँ । चिनियाँ राजदूत झाङ माओमिङले चीनको विकासको प्रतिफल नेपालसँग बाँड्न चाहेको बताएका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र नेपालस्थित विभिन्न देशका राजदूतहरूबिच भएको सामूहिक भेटवार्तापछि राजदूत माओमिङले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै सो कुरा बताएका हुन् ।
राजदूत माओमिङले नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरूसँगै प्रधानमन्त्री शाहलाई भेट्न पाउँदा आफूले सम्मानित महसुस गरेको उल्लेख गरेका छन्। चीनको उच्च गुणस्तरको विकास र उच्च स्तरको खुलापनको प्रतिफल नेपाललाई बाँड्न र त्यसका लागि नेपाललाई स्वागत गर्न चीन तयार रहेको उनले स्पष्ट पारेका छन्।
दुई देशबिच गहिरिँदै गएको रणनीतिक साझेदारी र विशेषगरी विकास सहयोगबाट नेपाल र चीन दुवै देशका जनता लाभान्वित हुने चिनियाँ राजदूतले विश्वास व्यक्त गरेका छन्।
प्रधानमन्त्री बालेनले कूटनीतिक नियोगका प्रमुखहरूसँग गरेको यस सामूहिक छलफललाई अर्थपूर्ण रूपमा हेरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई सडकमार्गबाट काठमाडौँ ल्याइँदै
-
विष्णु पौडेलको पक्राउविरुद्ध एमालेले राजनीतिक प्रतिवाद गर्ने
-
१० बजे १० समाचार : एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ, गृहमन्त्री गुरुङविरुद्ध आयोगमा उजुरी
-
सत्तापक्षकै आक्रोशः बजेट मन्त्रीमुखी भयो
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण