मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
अपराध

पाटनमा छुरा प्रहारबाट घाइते भएका दाजुभाइको मृत्यु

बिहीबार, २६ चैत २०८२, ०८ : २४
बिहीबार, २६ चैत २०८२

सारांश

  • ललितपुरको पाटनमा छुरा प्रहारबाट घाइते भएका दुई दाजुभाइको उपचारका क्रममा मृत्यु भएको छ।
  • दुई पक्षबीचको विवादका कारण भएको उक्त घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँ । ललितपुरको पाटन स्थित कृष्ण मन्दिर परिसरमा छुरा प्रहारबाट घाइते भएका दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको कमल गाउँपालिका–६ घर भएर ललितपुरको इमाडोल बस्ने ३३ वर्षीय सुमित नेम्बाङ र २५ वर्षीय सृजन नेम्बाङ छन् । 

चैत २५ मा साँझ उनीहरूमाथि छुरा प्रहार भएको थियो । उपचारको क्रममा बिएण्डबी अस्पतालमा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होविन्द्र बोगटीले रातोपाटीलाई बताए । 

दुईपक्षको बिचमा विवाद हुँदा छुरा प्रहार भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । दुवै जनाको पेटमा गहिरो चोट लागेको थियो । 

छुरा प्रहारमा संलग्न आरोपमा ललितपुर महानगरपालिका–९ भोलटोल बस्ने ३२ वर्षीय सञ्जीव नेपाली र नवलपरासी गैँडाकोट घर भएर ललितपुरको सुबहाल बस्ने २१ वर्षीय गगन सुनारलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप