ज्ञानेन्द्र शाहीले भने– रवि लामिछानेले फोन गरेपछि उपसभामुखमा उम्मेदवारी दर्ता गर्यौँ
बिहीबार, २६ चैत २०८२, १४ : ०२
सारांश
- राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले रास्वपासँगको सहमतिमै उपसभामुखमा उम्मेदवारी दर्ता गराएको बताएका छन्।
- उनले रास्वपा सभापति रवि लामिछानेले फोन गरेपछि आफूहरूले उम्मेदवारी दिएको स्पष्ट पारेका छन्।
काठमाडौँ । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले रास्वपासँगको सहमतिमै आफ्नो पार्टीले उपसभामुखमा उम्मेदवारी दिएको बताएका छन् ।
बिहीबार उपसभामुखमा राप्रपा सांसद सरस्वती लामाको उम्मेदवारी दर्तापछि सिंहदरबारमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै शाहीले यस्तो बताएका हुन् ।
‘हामीले सबैसँग कुरा गरेर उम्मेदवारी दर्ता गराएको हो । स्वयं रास्वपा सभापति रवि लामिछानेसँग पनि छलफल गरेको हो’, उनले भने, ‘रवि लामिछानेले फोन गरेको हो ।’
रास्वपाले श्रम संस्कृतिका उम्मेदवारलाई सघाउने सुनिएको छ नि ? भन्ने प्रश्नमा शाहीले भने, ‘उहाँहरूले त्यो राजनीति गर्नुहुन्छ भने गरुन्, मैले सत्य बोल्नुपर्छ ।’ उनले राजनीतिमा तलमाथि हुने कुरा सामान्य भएको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
-
कोटेश्वरमा कारले ४ वटा मोटरसाइकललाई ठक्कर दियो, ५ जना घाइते
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
-
८ किलोमिटर बाटो नबनेपछि गण्डकी प्रदेशबाटै छुट्टिने निर्णयमा पुगे त्रिवेणीवासी
-
बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न ‘टास्कफोर्स’ परिचालन
-
साढे १३ लाखभन्दा बढी पुगे व्यावसायिक फर्म, सात वर्षमा सवा ४ लाख थपिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण