बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय
उपसभामुख निर्वाचन

उपसभामुखमा रुवी र सरस्वतीबिच प्रतिस्पर्धा

बिहीबार, २६ चैत २०८२, १४ : २२
बिहीबार, २६ चैत २०८२

सारांश

  • प्रतिनिधिसभाको उपसभामुख पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीकी सरस्वती लामा र श्रम संस्कृति पार्टीकी रुवी कुमारी ठाकुरबीच प्रतिस्पर्धा हुने भएको छ।
  • सङ्घीय संसद् सचिवालयका अनुसार दुवै उम्मेदवारले बिहीबार निर्धारित समयभित्र आ-आफ्नो मनोनयन दर्ता गराएका छन्।
  • प्रतिनिधिसभामा एकल बहुमत रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले रुवी कुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ।

काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद सरस्वती लामा र श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुरबिच प्रतिस्पर्धा हुने भएको छ । उपसभामुखको उम्मेदवारी दर्ता गर्नका लागि तोकेको बिहीबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समयमा लामा र ठाकुरको उम्मेदवारी मनोनयन दर्ता भएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिए ।   

रुवी कुमारीको प्रस्तावकमा श्रम संस्कृति पार्टीका सांसद आर्यन राई र समर्थकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अशोककुमार चौधरी र श्रम संस्कृतिकी सांसद अम्बिकादेवी निरौला रहेका सङ्घीय संसद् सचिवालयले जानकारी दिएको छ । 

त्यस्तै, लामाले राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीलाई प्रस्तावक र राप्रपाकै अन्य सांसदहरू खुश्बु ओली, ताहिर अलि र भरत गिरीलाई समर्थक राखेर उम्मेदवारी दर्ता गराएकी छन् ।  

प्रतिनिधि सभामा सत्तारुढ दल रास्वपाको एकल बहुमत छ । २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाको एक्लै १८२ मत छ । त्यसैले ठाकुर रास्वपाले मतदान गर्‍यो भने उपसभामुखमा निर्वाचित हुने निश्चित छ । 

सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा उम्मेदवारी दर्ता पछि रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले आफूहरूले श्रम संस्कृति पार्टीका उम्मेदवार रुवी कुमारीलाई उपसभामुखमा मतदान गर्ने पत्रकारहरूसँग बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप