उपसभामुख निर्वाचन
उपसभामुखमा कांग्रेस–एमालेले श्रम संस्कृतिलाई सघाउने, नेकपा छलफलमै
बिहीबार, २६ चैत २०८२, १३ : २५
सारांश
- नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख पदमा श्रम संस्कृति पार्टीका उम्मेदवारलाई सघाउने निर्णय गरेका छन्।
- नेकपाले भने कसलाई समर्थन गर्ने भन्ने विषयमा अहिलेसम्म कुनै निर्णय गरिसकेको छैन।
- उपसभामुख पदका लागि उम्मेदवारी दर्ता आज दिउँसो २ बजेसम्म र निर्वाचन भोलि हुनेछ।
काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुखमा उम्मेदवारी नदिएर श्रम संस्कृति पार्टीका उम्मेदवारलाई सघाउने भएका छन् ।
त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीले भने कसलाई समर्थन गर्ने भन्ने निर्णय गरिसकेको छैन । नेकपा एमालेका उपाध्यक्ष गुरु बरालले कांग्रेस एमालेले उपसभामुखमा उम्मेदवारी नदिने भन्दै श्रम संस्कृतिलाई सघाउने गरी छलफल भएको बताए । उनले नेकपाले भने कुनै निर्णय गरिनसकेको बताएको छ ।
श्रम संस्कृति पार्टीले उपसभामुखका लागि उम्मेदवारी फाराम लगिसकेको छ । उपसभामुखको उम्मेदवारी दर्ता आजै २ बजेसम्मको समय तोकिएको छ । निर्वाचन भने भोलि हुनेछ ।
संसदमा सबैभन्दा धेरै सांसद सङ्ख्या रहेको रास्वपा भएकाले उसले जसलाई समर्थन गर्छ उसैको उम्मेदवार निर्वाचित हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण