१० बजे १० समाचार : ओली र लेखक रिहादेखि श्रममन्त्री साह पद मुक्तसम्म
आज २०८२ चैत २६ गते बिहीबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
१. ओली र लेखक हाजिर जमानीमा रिहा
केपी शर्मा ओली र रमेश लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय गरिएको छ । सर्वोच्च अदालतको परमादेश अनुसार प्रहरीले दुवै जनालाई रिहा गर्ने निर्णय गरेको हो ।
२. श्रममन्त्री साह पदमुक्त
प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षाममन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसमा प्रधानमन्त्री शाहले मन्त्री साहलाई पदमुक्त गरेका हुन् ।
३. उपसभामुखमा रुवी र सरस्वतीबिच प्रतिस्पर्धा
प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद सरस्वती लामा र श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुरबिच प्रतिस्पर्धा हुने भएको छ ।
४. संसदको चालु अधिवेशन शुक्रबार रातिदेखि अन्त्य हुने
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका छन्। नेपाल सरकार, मन्त्रिपरिषद्को गत चैत २४ गतेको सिफारिसमा राष्ट्रपति पौडेलले संवत् २०८२ साल चैत २७ गते शुक्रबार राति १२ः ०० बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन्।
५. महरासहित भन्सार कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
विद्युतीय सिगरेट (भेप) भित्र लुकाएर ल्याइएको सुन तस्करी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसभामुख कृष्णबहादुर महरा र भन्सारका उच्च अधिकारीहरूसहितका व्यक्तिविरुद्ध सात करोड ७८ लाख रुपैयाँभन्दा बढीको भ्रष्टाचार मुद्दा दायर गरेको छ।
६. देउवा दम्पतीलाई पक्राउ अनुमति माग गरेको पत्र बाहिरियो
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी श्रीमती पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध चैत २३ गते नै काठमाडौँ जिल्ला अदालतमा पक्राउ अनुमति माग गरेको पत्र बाहिरिएको छ ।
७. आवेशमा दाजुभाइको हत्या
ललितपुर महानगरपालिका–१२ स्थित कृष्ण मन्दिर परिसरमा छुरा प्रहारबाट दुई जनाको हत्या भएको छ। झापाको कमल गाउँपालिका–६ घर भएर ललितपुरको इमाडोलमा बस्दै आएका ३३ वर्षीय सुमित नेम्बाङ र २५ वर्षीय सृजन नेम्बाङको हत्या भएको हो।
८. कांग्रेस विवाद मिलाउन शेखरको सक्रियता
नेपाली कांग्रेसभित्रको बढ्दो विवाद समाधान गर्न र पार्टीलाई एक ढिक्का बनाउन डा। शेखर कोइरालाले सक्रियता बढाएका छन्।
९. जनआन्दोलन दिवस
१०. उपसचिव र शाखा अधिकृतको सरुवा
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५० उपसचिव र १८ शाखा अधिकृतको सरुवा गरेको छ । बिहीबार अन्तर मन्त्रालय सरूवा तथा कामकाजमा खटाइएको हो।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
‘सैयारा’ को सफलतापछि पुनः पर्दामा जोडिँदै अहान र अनीत
-
छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै दुर्व्यवहार, कर्मचारीद्वारा विरोध
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण