महासङ्घको साधारण सभा र निर्वाचन रोक्न उच्च अदालत पाटनको आदेश
सारांश
- उच्च अदालत पाटनले नेपाल उद्योग वाणिज्य महासङ्घको साधारण सभा र निर्वाचन तत्कालका लागि रोक्न आदेश दिएको छ।
- न्यायाधीशद्वय खड्कबहादुर केसी र दीपक खनालको इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गरेको हो।
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको साधारण सभा र चुनाव रोकिने भएको छ । उच्च अदालत पाटनले तत्कालका लागि साधारण सभा र चुनाव रोक्न आदेश दिएको हो ।
बिहीबार उच्च अदालत पाटनका न्यायधीशद्वय खड्कबहादुर केसी र दीपक खनालको संयुक्त इजलासले निवेदकको माग बमोजिम नै अन्तरिम आदेश जारी गरेसँगै महासङ्घको ६०औँ साधारण सभा र निर्वाचन तत्कालका लागि रोकिएको हो ।
चैत्र २२ गते नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घ सहितका सदस्यले निर्वाचन रोक्न माग गर्दै रिट दायर गरेका थिए । रिटमा उद्योग वाणिज्य महासङ्घ, महासङ्घको कार्यकारिणी समिति, महासङ्घको सदस्यता समिति र महासङ्घको निर्वाचन समितिलाई विपक्षी बनाइएको थियो।
यस मुद्दामा चैत्र २३ गते न्यायाधीश स्वीकृति पराजुलीको एकल इजलासले कारण देखाऊ आदेश र अल्पकालीन अन्तरिम आदेश जारी हुने आदेश दिएको थियो। आज चैत्र २६ गते सोही आदेशले निरन्तरता पाउने गरी अन्तरिम आदेश जारी भएको हो ।
आगामी आइतबार र सोमबार (चैतको २९ र ३० गते) हुने महासङ्घको ६० औँ वार्षिक साधारण सभाबाट नयाँ नेतृत्व चयन गर्ने तयारी थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण