उपसभामुखमा रुवी र सरस्वतीबिच प्रतिस्पर्धा
सारांश
- प्रतिनिधिसभाको उपसभामुख पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीकी सरस्वती लामा र श्रम संस्कृति पार्टीकी रुवी कुमारी ठाकुरबीच प्रतिस्पर्धा हुने भएको छ।
- सङ्घीय संसद् सचिवालयका अनुसार दुवै उम्मेदवारले बिहीबार निर्धारित समयभित्र आ-आफ्नो मनोनयन दर्ता गराएका छन्।
- प्रतिनिधिसभामा एकल बहुमत रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले रुवी कुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ।
काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद सरस्वती लामा र श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुरबिच प्रतिस्पर्धा हुने भएको छ । उपसभामुखको उम्मेदवारी दर्ता गर्नका लागि तोकेको बिहीबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समयमा लामा र ठाकुरको उम्मेदवारी मनोनयन दर्ता भएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिए ।
रुवी कुमारीको प्रस्तावकमा श्रम संस्कृति पार्टीका सांसद आर्यन राई र समर्थकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अशोककुमार चौधरी र श्रम संस्कृतिकी सांसद अम्बिकादेवी निरौला रहेका सङ्घीय संसद् सचिवालयले जानकारी दिएको छ ।
त्यस्तै, लामाले राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीलाई प्रस्तावक र राप्रपाकै अन्य सांसदहरू खुश्बु ओली, ताहिर अलि र भरत गिरीलाई समर्थक राखेर उम्मेदवारी दर्ता गराएकी छन् ।
प्रतिनिधि सभामा सत्तारुढ दल रास्वपाको एकल बहुमत छ । २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाको एक्लै १८२ मत छ । त्यसैले ठाकुर रास्वपाले मतदान गर्यो भने उपसभामुखमा निर्वाचित हुने निश्चित छ ।
सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा उम्मेदवारी दर्ता पछि रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले आफूहरूले श्रम संस्कृति पार्टीका उम्मेदवार रुवी कुमारीलाई उपसभामुखमा मतदान गर्ने पत्रकारहरूसँग बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालकै सबैभन्दा ठुलो च्यारिटी साइकलिङ अभियान, तस्बिरमा हेर्नुहोस्
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण