लेखकले रिहाइ भएपछि लेखे– कानुनी र राजनीतिक लडाईं जारी छ
सारांश
- नेपाली कांग्रेसका नेता रमेश लेखकले आफूमाथि लागेको फौजदारी अभियोगको प्रतिवेदन पूर्वाग्रही, प्रतिशोधपूर्ण र अपूर्ण रहेको बताएका छन्।
- सर्वोच्च अदालतको आदेशपछि रिहा भएका लेखकले कानुनी र राजनीतिक लडाईं जारी राख्ने घोषणा गरेका छन्।
काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले कानुनी र राजनीतिक लडाईं जारी रहेको बताएका छन् । उनले गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगको प्रतिवेदन पूर्वाग्रही, प्रतिशोधपूर्ण, अपूर्ण रहेको उल्लेख गरेका छन् ।
लेखकले फेसबुकमा लेखेका छन्, ‘गत भाद्र २३ र २४गतेको घटनाका सन्दर्भमा गठित आयोगको पूर्वाग्रही, प्रतिशोधपूर्ण, अपूर्ण र अप्रमाणित प्रतिवेदनको आधारमा फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु।’
उनले आफू कानुन पालना गर्ने र न्यायमा विश्वास गर्ने व्यक्ति भएकाले राजनीतिक र कानुनी लडाईं जारी राख्ने उल्लेख गरेका छन् । ‘परमादेश जारी गर्ने सम्मानित सर्वोच्च अदालतप्रति उच्च सम्मान व्यक्त गर्दछु। म क़ानून पालना गर्ने र न्यायमा विश्वास गर्दछु। बाँकी कानुनी र राजनीतिक लडाईं जारी रहनेछ,’ लेखकले लेखेका छन् । आफ्नो रिहाइका लागि आवाज उठाउने सबैमा लेखकले आभार व्यक्त गरेका छन् ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन दबाएको भन्दै लेखकलाई प्रहरीले चैत १४ गते पक्राउ गरेको थियो । उनी सर्वोच्चको परमादेशपछि बिहीबार रिहा भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण